गज़ल : By, कविराज मगर I



तराजुमा माया प्रित जोखिदैन सानु
भाग्य त्यसै आफै सित लेखिदैन सानु ।

खुसि बाड्नु मिल्छ तर दु:ख बाडीदैन
कसको माया कति हुन्छ देखिदैन सानु ।

जति टाढा गए पनि यादगार हुदोरहेछ
माया गर्ने मायालुलाई छेकिदैन सानु ।

पिडा जहाँ हुन्छ हृदयमा थाहा हुन्छ
अन्यथा त्यसै आँसु पोखिदैन सानु । ।

कविराज मगर
दिप्लुङ खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com