कार्यक्रम साझा सवाल, भाग-303: What can we learn from Army Intergration ?


माओवादीका करीव १४ सय पूर्व लडाकाहरू नेपाली सेनामा प्रवेश गरेपछि विधिवत रूपमा नेपाली सेनामा लडाकूको समायोजन प्रक्रिया विधिवत रूपमा पुरा भएको छ । 

अव सबै पूर्व लडाकू नेपाली सेनाको 'राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय' अन्तर्गतको खटिनेछन् । नेपालीहरूले नै विकास गरेको नेपाली किसिमको शान्ति प्रक्रिया भनिएको 'लडाकुदेखि सेनासम्म' को समायोजनबाट नेपालीहरू र विश्वले कस्तो पाठ सिक्न सक्छ? आज साझा सवालमा हामी नेपालको शान्ति प्रक्रिया र सेना समायोजनले सिकाएको पाठका बारेमा छलफल गर्दैछौं । 

साझा सवालको यो बहसमा सेना समायोजन विशेष समिति सचिवालयका संयोजक वालानन्द शर्मा, माओवादी सेनाका पूर्व डेपुटी कमाण्डर चन्द्र प्रकाश खनाल 'बलदेव' र नेपाल नीति अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं माधवकुमार नेपाल सरकारका पालाका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहनुभएका डा. राजन भट्टराई हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com