चितवन भदौ १२,
शिशिर सिंखडा
जुटपानी । पूर्वी चितवनको जुटपानीमा आज (बुधबार) एक
कार्यक्रमका बिच शिब पञ्चा· मन्दिरको शिलन्यास गएिको छ ।
शुभकामना समुह जुटपानी १ कमलचोकले निर्माण
गर्न लागेको सो मन्दिरको जुटपानी गा बि स का सचिब राम
प्रसाद सापकोटाले शिलान्यास गर्र्र्नुभएको थियो ।
कायक्रममा
एनेकपा माओवादीका नर बहादुर जिसि,नेपाली कांगे्रसका नार
ायण कडेल,नेकपा एमालेका लक्ष्मीनारायण चौलागाइ,ने
कपा माओबादीका शुर्दसन अधिकारी,उदयपुर समुदायिक वनका
अध्यक्ष केशब लामा, भटेनी चर्चका पास्टर पुर्ण बहादुर
वाइवा,शुभकामना समुहकी अध्यक्ष टलक कुमारी थापा लगायतले
मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मन्दिर निर्माण समितिका अध्यक्ष चेतबहादुर थापाको
अध्यक्षतामा भएको सो कार्यक्रममा गोपी लामिछानेले स्वागत
मन्तब्य ब्यक्त गर्र्नु भएको थियो ।मन्दिर निमार्णको
लागि स्थानिय खण्ड बहादूर र चोक बहादुर थापा दाजुभाईले कर
ीब ५लाख मुल्यको ५धुर जग्गा निशुल्क प्रदान गर्नुभएको
थियो ।
मन्दिर निर्माण सम्पन्न गर्नको लागी ५ लाख रुपैया
लँग्ने भएकाले सो कार्यको लागी स्थानिय स्तरमा रकम संकलन
कार्य भईरहेको मन्दिर निर्माण समितिका सचिब नन्दलाल
लामिछानेले जानकारी दिनुभयो ।
कृष्ण जन्माष्टमीको अबसर पारेर मन्दिर शिलान्यास गर
ीएको कार्यक्रममा स्थानिय महिला दिदि बहिनीहरुले भजन,
चुट्का एव तिज गितहरु प्रस्तुत गरेका थिए ।