र्इजरायलमा १९ औ आदीबासी दिवस २०७० भव्यता साथ् सम्पन्न with video....

तेल अभिव भाद्र ९,

पुष्प श्रेष्ठ : नेपाल आदिबासी जनजाती महाँ सँघ ईजरायलले १९ औ आदीबासी दिवस २०७० भव्य रुपमा गत शुकबार साझ मध्य पुर्व ईजरायलको तेलअभिवमा सम्पन्न गरेको छ ।


महाँ सघ ईजरायलका उपाध्यक्ष भुपेन्द्र तमुको सँयोजक्त्वमा नेपाल आदिबासी जनजाती महाँ सँघका पुर्व महा सचिव आङ काजी शेर्पा (किसान)को बिष्ोश आतिथ्य तथा ईजरायलका लागी नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल आदिबासी जनजाती महाँ सघ ईजरायलका अध्यक्ष सुन्दर सिँ लामा तामाङले सभापतित्व गर्नु भएको थियो ।


ईजरायलमा कार्यरत नेपालीहरुको उल्लेख्य सहभागीता रहेको सो कार्यक्रममा बिषेश अतिथी शेर्पाले आदिबासी जनजातीका हक अधिकारका निम्ती बिदेशमा कार्यरत नेपालीहरुको पनि भुमीका रहने भएकोले जहाँ जुन अवस्थामा रहे पनि आफनो अधिकार प्राप्तीका लागी अग्रणी भुमीका खेल्न अनुरोध गर्नभयो । देशको राजनैती स्थीरता र चार दलीय सिन्डीकेटले नेपालको राजनैतीक बिकास क्रमलाई अबरोध पुराई रहेको हुदाँ मँसिर ४ गते गरिने भनिएको दोश्रो सम्बीधान सभाको चुनाव निस्चीत समयमा सम्पन्न हुनेमा शँका ब्यक्त गर्नु भयो । देशलाई यदि राजनैतिक निकास दिने हो भने ४ दलिय सिन्डीकेट हटाएर खुल्ला बहस र्गनु पर्ने उहाँको जिकीर थियो ।

नेताहरु भारत धाएर नै देशमा राजनैतीक निकास निकाल्छु भनेर हिडनु भनेको दिवा सपना देख्नु हो । देशको अस्थीरतालाई अन्त गर्न नेपाल भित्र नै दलहरु बिच अन्र्तर सम्वाद गर्नु पर्ने उहाँको सुझाव थियो । दलका नेताहरुको भारत भ्रमण देश लाई राजनैतिक निकास दिनका लागी हैन प्रधान मन्त्रीको कुर्सी हत्याउनका लागी जाने गरेको ठोकुवा गर्नु भयो ।

कार्यक्रमा १९ औ आदीबासी दिवस २०७०को अबसरमा शुभकामना दिनुहुदै राजदुत प्रल्हाद कुमार प्रसाईले आफना माग हरु पुरा र्गनका लागी सबैको सहयोग सदभाव आवश्यक छ । सबैको सहयोग र सदभाव मिलेमा भोली देशले सँघीयता प्राप्त गर्र्न सहयोग मिल्ने बताउनु भयो । उहाँले बिभिन्न जातीय सस्कृतीको बिकास हुदै आउने भएको ले यसले हाम्रो राष्टियता समेत अझ दह्रो बनाउद छ त्यसका लागी पनि जातिय पहिचान आवश्यक रहेको बिचार ब्यक्त गर्नु भयो ।

करिव साढे ४ घन्टा चलेको उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाती महाँ सँघका पुर्व महा सचिव आङ काजी शेर्पा (किसान) लार्इ नेपाल आदिबासी जनजाती महाँ सँघ र्इजरायल, र्इजरायलमा रहेका जातिय सस्था शेर्पा सँघ र्इजरायल,किरात यायेाख्खा,मगर समाज,किरात याक्थुम चुम्लुङ, नेपाल तामाङ समाज,नेवाखल  लगाएत ले सम्मान पत्र का साथ सम्मान  गरेकेा थिए ।   र्इजरायल बिभिन्न सँघ सस्थाहरूकेा उल्लेख्य सहभागीत रकेा सेा कार्यक्रममा जातिय पहिचान सहितका  सस्कृतीक नृत्य गित प्रस्तुत गरेका थियो । कार्यक्रमलार्इ समापन गर्नु हुदै सन्दर सि लामा तामाङले कार्यक्रम सफल बनाउन सहयेाग गर्ने जातिय सस्था िबिभिन्न ब्यक्ती, अनलार्इन मिडिया कलाकार सबैमा धन्यवाद ब्यक्त गर्नु भएकेा थियेा ।

===>> Video, , ,, , , , , 

कार्यक्रमको भिडीयो सम्पादनको क्रममा रहको ले प्रतिक्ष र्गनु होला ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com