महिला फोटो पत्रकार बलात्कारलाइ बलात्कार गर्ने पाँचै जना पक्राउ I

नयाँदिल्ली भाद्र १० ,

महिला फोटो पत्रकारमाथि मुम्बईमा गत साता भएको सामूहिक बलात्कारका पाँचै अभियुक्त पक्राउ परेका छन् । घटनाका पाँचौं अभियुक्त आइतबार नयाँदिल्लीमा पक्राउ परेका छन् । गत बिहीबारको घटनाका कारण भारतका सडक र सदन दुवै तातेका छन् । 

प्रदर्शनमा उत्रेका सर्वसाधारणले भारतमा महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन् । मुम्बईको लोअर परेलस्थित बन्द रहेको एक टेक्सटाइल मिलमा फोटो खिच्न गएकी महिला पत्रकारमाथि ५ जनाले सामूहिक बलात्कार गरेका थिए । मुम्बई प्रहरीका संयुक्त अधिक्षक सदानन्द दातेले सबै अभियुक्तहरू पक्राउ परिसकेको जानकारी दिए । 

पीडित महिला पत्रकारको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनी काममा फर्किन इच्छुक छिन् । 'बलात्कार जीवनको अन्त्य होइन, म सबै अपराधीहरूमाथि कडा कारबाही चाहन्छु र सकेसम्म चाँडो काममा फर्किन चाहन्छु,' बलात्कृत पत्रकारले सीएनएन-आईबीएन टेलिभिजनसँग अस्पतालको शय्यामा भनिन् । रोयटर्स :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com