नेपाली सङ्घीय समाज ईजरायल - धन्यवाद ज्ञापन I

तेलअभिव इज़रायल भाद्र १०,

गत अगस्ट २४ शनिबार का दिन तेल - अभिवमा नेपाली सङ्घीय समाज इजरायलको संयोजकत्वमा यस नेपाली सङ्घीय समाज इजरायलका अध्यक्ष श्री युव राज राइ ज्यूको सभापतित्वमा भएको अन्तरक्रियात्मक कार्यक्रम सानदारताकासाथ सु सम्पन्न भएको सहर्ष जानकारी गराउदछु 

कार्यक्रममा 'सङ्घीय समाजवादी पार्टी ,नेपाल' का स्थाई समिति सदस्य तथा प्रवास प्रचार संयोजक प्रमुख श्री आङ्काजी शेर्पा ज्यूको प्रमुख अतिथि र केन्द्रीय पार्टी प्रतिनिधि तथा नेपाली सङ्घीय समाज इजरायलका संयोजक श्री सुन्दर तामाङ्ग ज्यूको अतिथि रहेको थियो भने तेन्जी शेर्पा ज्यू को स्वागत मन्तब्य रहेको थियो 

वहाहरुले नेपाली सङ्घीय समाज ईजरायलको सफलताको कामना र प्रगतिको हार्दिक शुभेच्छा प्रकट गर्नु भयो ।

प्रमुख अतिथि श्री अङ्गकाजी शेर्पा ज्यूले नेपाली सङ्घीय समाज ईजरायल का तदर्थ समिति सदश्यहरुलाई शपथ ग्रहण गराउनु हुदै समसामयिक राजनैतिक विश्लेषण र प्रवासमा रहने नेपालीहरुको लागि राजदुताबास मार्फत मत हाल्न पाउने ब्यावास्थाको सरकारसंग जोडदार माग राख्ने सहित शिक्षा नीति र अर्थनीतिका बिषयमा आफ्नो स्पष्ट धारणा राख्नु भयो 

विदेशमा कमाएको रकम सहि र उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागि सरकारले राम्रो बातावरण सिर्जना गरी दिनु पर्दछ र त्यो लगानीको सुरक्षाको ग्यारेन्टीको लागि सरकारले बिमा पनि गरिदिनु पर्दछ भन्ने गतिलो तर्क प्रस्तुत गर्नु भयो  सहकारी अर्थनीति अबलम्बन गर्नसके धेरै भन्दा धेरै जनता लाभान्वित हुन सक्थे भन्ने वहाको भनाई थियो  ाडोमा हुने स्याउ र गर्मीमा हुने सुन्तला यहाँ इजरायलमा एकैखालको मौसममा पनि उत्पादन गर्न सक्दारहेछन् भन्दै यो तरिकालाई नेपालमा पनि भित्र्याउन सके अत्यन्तै लाभदायक हुन्छ भन्ने तर्क प्रस्तुत गर्नु भयो 

सङ्घीय समाजबादी पार्टीलाई आरोप लाग्ने गरेको जातिवादी शब्द प्रति खेद् ब्यक्त गर्दै यो पार्टी सम्पूर्ण नेपालीहरुको पार्टी हो कुनै पनि जाति बिशेषको होइन र हुनै सक्दैन भनी स्पष्ट पार्नु भयो  फ्नो पार्टीको नीति र निश्चित उद्देश्य नभएकाहरुले अरुको खैरो खान्छन भन्ने आशय ब्यक्त गर्नु भो  कागले कान लग्यो भनेर कसैले भन्दैमा आफ्नो कान नछामी कागको पछि दौडन हुन्न भन्ने आशय व्यक्त गर्दै यस्तो भ्रममा कदापी नपर्न आग्रह गर्नु भयो  जात र व्यक्तिको मुख हेरेर होइन ,नीति र उद्देश्यलाई हेरेर पार्टीमा लाग्नु पर्दछ भन्ने प्रस्ट विचार पेश गर्नु भयो |त्यसपछि भारि संख्यामा पार्टी प्रवेशको लहर नै चलेको थियो 

नेपाली सङ्घीय समाज ईजरायलको निमंत्रणा लाई स्वीकार गरी आउनु भई 'सङ्घीय समाजवादी पार्टी नेपाल' को स्पष्ट नीति र धारणा प्रकाश पारिदिनु भएको मा प्रमुख अतिथि ज्यू र अतिथि ज्यू मा नेपाली सङ्घीय समाज ईजरायल हार्दिक कृतज्ञताकासाथ धन्यबाद ज्ञापन गर्दछ र 'सङ्घीय समाजवादी पार्टी नेपाल' मा प्रवेश गर्नुहुने राष्ट्र प्रेमी होनाहार युवा योद्दाहरुलाई पनि नेपाली सङ्घीय समाज इजरायल हार्दिक धन्यवाद सहित बधाई ज्ञापन गर्दछ 

 कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि योगदान पुरयानु हुने व्यक्तित्वहरुलाई नेपाली सङ्घीय समाज ईजरायलले हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछ र वहाहरुबाट ने.सङ्.स.ई. सधैं सधैं आभारी रहने छ | वहाहरुको नामावली यस प्रकार छ :- १. जलपान र ब्यानरको खर्च तिरिदिनु हुने शेर्पा संघको अध्यक्ष तथा नेपाली सङ्घीय समाज ईजरायलका सदस्य छिरिंग शेर्पा ज्यू ! २. मिडिया कर्मी - पुष्प श्रेष्ठ ज्यू ! ३. मिडिया कर्मी - शुभद्रा भण्डारी ज्यू  ४.मिडिया कर्मी  - सुनिता राई 'यासिन' ज्यू  ५. स्थान उपलब्ध गरिदिनु हुने श्री गणेश गिरि ज्यू र डिक गुरुङ्ग ज्यू  ६. स्टाम्प प्याड ,लेटर प्याड,बहि खाता , बैठक खाता र झन्डाको खर्च तिर्नु हुने नेपाली सङ्घीय समाज ईजरायाल का अध्यक्ष श्री युव राज राई ज्यू! ७. स्वतस्फूर्त पार्टी प्रवेश गर्ने महानुभावहरु  र कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु  यहाहरु सम्पूर्णमा नेपाली सङ्घीय समाज ईजरायल पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछ 
                                                                                              नेपाली सङ्घीय समाज ईजरायल तदर्थ समिती
                                                                                                                 सचिव :- यात्री लिम्बु

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com