१८ औँ तामाङ प्रसारण दिवसको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना I

तेलअभिव भाद्र १,

आज १८ औँ तामाङ प्रसारण दिवस :

बीबी लामा तामाङ्ग : २०५१ साल भाद्र १ गते देखि "रेडियो नेपाल"ले तामाङ भाषामा "समाचार" प्रसारण प्रारम्भ गर्यो। रेडियो नेपालको स्वइच्छुकले होइन विभिन्न आदिवादी जनजातिहरुको सामुहिक आन्दोलन मार्फत सरकारलाई दिएको दबाब अनुसार । तामाङ भाषा लगाएत सो दिन अन्य भाषाहरुले पनि निरन्तर प्रसारण गर्ने अवसर प्राप्त गर्यो । सरकारी माध्यम द्वारा तामाङ भाषालाई स्थान दिई प्रत्येक दिन (दैनिक) तामाङ भाषामा समाचारलाई निरन्तर दिएको भन्दै भाद्र १ गतेलाई "तामाङ प्रसारण दिवस"को रुपमा तामाङ समुदायले हर्ष उल्लाषको साथ खुशी व्यक्त गर्दै मनाउदै आईरहेका छन् ।

हुन त २०५१ साल भाद्र १ गते भन्दा अघि रेडियो नेपालबाट तामाङ भाषालाई स्थान नदिएको वा प्रतिबन्द लगाएको नै । चाहिँ होइन .....। त्यसअघि पनि रेडियो नेपालको "फुलबारी" कार्यक्रम मार्फत तामाङ भाषाको तामाङ सेलो / दोहोरी गीतहरुले स्थान पाउदै र बज्दै आईरहेको थियो । यो अर्थमा २०५१ साल भाद्र १ गते मात्र तामाङ भाषाले संचारको दुनियाँमा प्रवेश गरेको मान्न सकिन्न । अभाद्र १ गतेलाई नै "तामाङ प्रसारण दिवस" मान्न सकिन्छ कि नही ? यो सोचनीय बिषय भएको छ । त्यो भन्दा तामाङ भाषा /तामाङ सेलो मै भएपनि कहिले र कुन मिती देखि रेडियो नेपालमा स्थान पायो र बज्न थाल्यो ? शुरुवात कसरी र कसको पहलमा भयो ? त्यसतर्फ ध्यान जानु र खोजनीति गर्नु उपयुक्त देखिन्छ ।

तामाङ भाषाको (लिपी) लगायत आदिवासी जनजातीहरुले बोल्ने सम्पूर्ण भाषामा आ-आफ्नो जाती वा समुदाय बिच सरकारी कामकाजहरुमा सम्पर्क "माध्यामको भाषा"को रुपमा आदिबासी जनजातिहरुले बोल्दै आएको भाषामा लिखित (लिपी) रुपमै मान्यता पाउनुपर्छ र व्यावहारिक रुपमा प्रचलनमा ल्याउनु पर्छ भन्ने जोडदार माँग सहित आवाज घन्किरहेको छ । आशा र कामना गरौ , निकट भविष्यमा यथासिघ्र सम्पूर्ण भाषाहरुले "लिखित" सरकारी मान्यता पाउने छ ।

नेपालमा तामाङ भाषा लगायत आदिवासी जनजातीहरुले व्यावहारिक रुपमा बोल्दै आईरहेको जातीय मौलिक भाषाको संरक्षण र सम्वर्दन गर्ने जिम्मा राज्यको हो भने लोभान्मुखा भाषाको जगेर्ना गर्नु र बोलीचालीमा निरन्तर प्रचलनमा ल्याउनु मात्री भाषा बोल्नु हुने आदिवासी जनजातिहरु सबैको कर्तव्य र दायित्व हो ।

संसारमा बोलिने विभिन्न भाषाहरु सम्पर्क/पहिचानको माध्यम हुन् । भाषाहरुको लोभ हुँदैमा गएमा हामी सबै "लाटा/लाटी" समान वा बराबर झैँ हुने छौ ।

आ-आफुले बोल्ने भाषालाई माया गरौ/बोलौ र लोभ हुनबाट बचाऊ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com