पाकेको त्यो फल ठान्थें कुहेको पो रैछ
के गर्नु र आफ्नो भाग्य फुटेको पो रैछ
टिप्न खोजें बगैंचामा बसाउने फूल
भमराको निम्ती भन्दै फूलेको पो रैछ
छुन्छु भन्दै पछ्याएथें पूर्णिमाको जून
छुन मैले नपाउँदै डुबेको पो रै छ
गन्तव्य त टाढै थियो म लम्किदै थिएँ
पैरो आइ हिँड्ने बाटो थुनेको पो रैछ
भौतारिँदै तिर्खा मेट्न खोला सम्म पुगें
त्यो खोला त खडेरीले सुकेको पो रैछ
पाकेको त्यो फल ठान्थें कुहेको पो रैछ
के गर्नु र आफ्नो भाग्य फुटेको पो रैछ
सोम कृष्ण श्रेष्ठ
भि न पा २, दोलखा