एक किलो नूनको १ सय २० रुपैयाँ I

काठमाण्डौ भाद्र ६,

जिल्लाका बिकट गाविसका बासिन्दाहरु एक किलो नूनको १ सय २० रुपैयाँमा किन्न बाध्य छन् ।सरकारले दिने सहुलियतमा दिने नून बिगत दुइ वर्षा देखि उक्त स्थानमा पुग्न छाडेपछि राजधानी बाट निकै टाडा हिमाल पारिको गाउँ छेकम्पार, ल्हो, परोक, चुम्चेत र बिहि गाविसमा आयो नून यति महँगो भएको हो । यस दुइ बर्षमा तिब्बत चिन बाट पनि नून आएको छैन ।

सदरमुकाम बाट सहुलियतको नून पनि नआउँदा नूनको भाउ यति चर्को भएको हो । स्थानिय बासिन्दालाई सदरमुकाम बाट नै पैदल हिड्नु पर्छ । सरकारले सहुलियतको नून नदिंदा तिब्बत बाट ढीकके नून किनेर खानु पर्ने भाध्यता त्यहाँका स्थानिय बासिन्दाले बताए । गाउँका सबैले तिब्बत बाट ल्याएको ढीकके नून नै खान्छन एक लामाले भने सरकारले साल्ट ट्रेडिंग मार्फत फिर्दिबसको फिलिम डिपोमा उक्त सहुलियतको नून पुर्याउछ तर फिलिम पुग्न गाउँ बाट तीन दिन लाग्छ ।  यसैले यस्तो बाध्यता छ स्थानिय जनताहरुलाई तिब्बतको ढीकके नून खाने ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com