काठमाण्डौ श्रावन २४,
महाकाली अञ्चल अस्पतालमा सर्पले टोकेको बिरामीहरुको चाप छ । बर्षा यम सँगै कंचनपुर जिल्लामा सर्पको बिगबिगी बढ्दा महाकाली अञ्चल अस्पतालमा सर्पदम्सका बिरामीहरु बढेका हुन् ।
दैकी सातजना सम्म सर्पदम्सका बिरामीहरु अस्पताल जाने गरेका छन् । विषालु सर्पको टोकाई बाट महाअलि अञ्चल अस्पताल पुगेका बिरामीहरुको उपचार तुरुन्त हुन नसक्दा अन्यत्र रिफर गरिएको छ । रिफर भएका बिरामीहरु मध्ये चार जनाको मृत्यु भैसकेको छ ।
महाकाली अम्चल अस्पतालमा अठार जना डाक्टरको दरबन्दी रहेको भए पनि हाल चार जना डाक्टरहरु मात्र कार्यरत रहेका छन् । अस्पतालमा बिशेषज्ञ तथा आइसीयु को ब्यवस्था नहुँदा बिरामीहरुलाई रिफर गर्नु परेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।