अगाध स्नेह र,प्यार तिमीलाई,
जो छ सिँगो,सँसार तिमीलाई।
बरु म आफै,झुकुँला मायामा,
सेवा-ढोग र,आदार तिमीलाई।
उजाडमा बरु,ती फूलहरु मरून्,
हरियाली वसन्त,बहार तिमीलाई।
तिमी साथ भएदेखी,बैशाखी काफी,
सारा जिन्दगीको,आधार तिमीलाई।
अरुले झै सुन र जुन दिन सक्दिन,
जति भएको त्यो,घरबार तिमीलाई।
बम्जन सुबेन
बुढानिलकण्ठ, काठमान्डौ
हाल-यु,ए,ई