पुष्प श्रेष्ठ : हेल्पिंग हेण्डस इन इजरायल,तेल अभिले १६- अगस्ट -२०१३ सुक्रबार साझ तेल अभिव स्थिति लेभिनिसकी पार्क नजिक रहेको लाईबेरी हलमा एक कार्यक्रमको आयोजना गरि संस्थाले हाल सम्म गरेको कार्यबिवरण प्रस्तुत गरेकेा छ । संस्थाका अध्यक्ष श्री कृष्ण ज्ञवालीकेा सभापतित्व र महामहिम राजदुत श्री प्रलाद कुमार प्रसाईकेा प्रमुख आथित्य रहेको सेा कार्यक्रममा नेपाली राजदुताबास र्इजरायलका उपनियोग प्रमुख श्री खड्क प्रसाद दाहाल , द्धितिय सचिव रेाशना खनाल, राजदुत पत्नी श्रीमती सिता प्रसाई , पत्रकार करूण अर्याल लगाएत बिभिन्न संग संस्थाका प्रतिनिधि ज्युहरु ,हे.हे. इन इजरायलमा आबद्ध रहनु भएका सहयोगी मनहरु साथै र्इजरायलबाट सन्चालीत अनलार्इन मिडियाका पत्रकारहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम गरिने भनिएको उक्त कार्य कार्यक्रम समय अभावको कारणले कार्यक्रममा संस्थाको गतिबिधिहरु मात्र प्स्तुत गरिएकेा थियेा । समय अभावका कारण अन्तरक्रियात्मक कार्यक्रम गर्न नसकेकेामा आयेाजकले क्षमा माग्दै सस्थाकेा बारेमा बुझन मनलागे सम्पर्क गर्न अनुरेाध समेत गरेकेा छ ।
कार्यक्रममा संस्थाले हाल सम्म गरेको सहयोग बिबरण ,आर्थिक बिवरण प्रस्तुत गरेको थियो ,साथै कार्यक्रममा संस्थाको स्थापना कालदेखिनै संस्थालाई उल्लेख् रुपमा सहयोग पुर्याउदै आउनु भएका केही सहयोगी मनहरु र संस्था लाई उल्लेखीय रुपमा आर्थिक सहयोग पुर्याउनु हुने सदस्यहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो भने संस्थामा स्थापना काल देखि नै आवद्द हुनु भएका सदस्य हरु र हाल संस्थाको कार्य समितिमा रहनु भएका संस्थाका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा हेल्पिंग हेन्ड्स इन इजरायलार्इ संस्थागत रूपमा बैधानिकता दिएर अघि बढाउन चाडै नै Society of Helping Hearts( सहयोगी मनहरुको समाज )नाम बाट संस्था दर्ता गर्ने ,संस्था दर्ता गर्दा यस संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुले जनही रु-५१०००- रकम संस्थाको कोषमा जम्मा गर्नु पर्ने जानकारी गराईएको थियो ।
हेल्पिंग हेन्ड्स इन इजरायल ले गरेका कामको प्रसंसा गर्दै महामहिम राजदुत श्री प्रलाद कुमार प्रसाई ज्यु ले राम्रो काम को थालनी भएको छ , यस्तो प्रसंसा योग कार्यमा आफ्नो आफ्नो ठाउँ बाट सकेको सहयोग पुर्याउनु पर्ने मा जोड दिनु भयो । उहाँले प्राप्त सहयोग बास्तविक पिडितहरुको हातमा पुर्याउने कार्यमा ध्यान दिन सुझाव समेत दिनु भयो । समय अभावको कारण उपस्तित अथितिहरुलाई दुइ शब्द बोल्ने समय नपुगे को भए पनि सबैले कार्यक्रमको प्रसंसा गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै संस्थाका सस्थापक अध्क्षय श्री कृष्ण प्रसाद ज्ञवाली ज्यु ले कार्यक्रममा पाल्नु भएका सम्पूर्ण महानुभाव हरुलाई धन्यबाद प्रदान गर्दै ,संस्थाको औचित्य र बिशेषता बारेमा प्रकाश पर्नु भएको थियो । संस्थाका सह-कोसाअध्क्षय श्री केसव अधिकारी कर्म भुमि इजरायल छोडेर यहि अगस्ट १९ तारिख नेपाल जानु हुने भएको ले उहाँको शुभ यात्राको कामना गरि उहाँलाई प्रसंसा पत्र प्रदान गरेको थियो | भने क्त कार्यक्रम संस्चालन संस्थाका महासचीव श्री कृष्ण निरौला जी ले गर्नु भएको थियो |
संस्थाले प्रस्तुत गरेको सहयोग गतिबिधि डेढ बर्षको छोटो अबधि मै हेल्पिंग हेन्ड्स इन इजरायल द्वरा दुखि पिडितहरुलाई उल्लेखीय मात्रमा सहयोग पुर्याई सकेको छ ,यस संस्थाले हाल सम्म प्रतक्षय रुपमा निम्न बमोजिमको सहयोग गरि सकेको छ ।
सहयोग पाउने सस्था वा व्यक्तिको नाम :
संखुवासभा खाँदबारी का रामचन्द्र कटुवाल कि तिन बर्षिय छोरी सरस्वती कटुवालको लागि रु ३०,०००- जो ३० हजार जुटाउन पनि नसकी लामो समय पेट फुलेर जिवन मरणको दोसादमा थिइन् , हाम्रो संस्थाले उनलाई कान्ति बल अस्पताल ल्याई उपचार गराएको थियो हाल उनि राम्रो संग स्कुल जान्छिन ,यसै गरि गोर्खा जिल्ला उडिया गा.वि.स..मा सोहन सिंग गुरुङको घरमा भएको आगोलागीमा परी घाईते भएका परिवारको उपचार्थ ललितपूर को प्लास्टिक सर्जरी अस्पताल मार्फत रु-५०,०००- सहयोग पुर्याएको थियो ,त्यसै गरि पोखरामा हिम पहिरोको कारण सेतीमा आएको बढी पिडित परिवारलाई सहयोग अभियान लगाएत,च्यारेटी सो र अन्य संग संस्थाहरुको सहयोगमा भ्रमणको आयोजना गरि करिव रु-१,४७०००- सहयोग प्रदान गरेको थियो , यसै गरि मृगौल पिडित प्रकास बस्नेतलाइ एक्सन युवा कल्ब मार्फत ५०१सेकेल करिब रु-१०,०००-जति सहयोग पुर्याएको थियो ।
इजरायलमै बिभिन्य कारणले अप्ठेरोमा पर्नु भएकी श्रीमती मुना चुवान र श्रीमती तारा देवी गैातम लाई जनही ५०० सेकेल प्रदान गरेको थियो । सहयोग गर्ने यात्रा लाई निरन्तरता दिदै संस्थाले १७-सेप्टेम्बर -२०१२ मा नेपालमा रहेका बिभिन्न पिडितहरुको पहिचान गरि एकै पटक निम्न पाँच ठाउमा सहयोग पुर्याएको थियो ।
१)माता तिर्थ बृद्दा आश्रम ,त्यहाँ रहनु हुने बृद्द बुबा आमा हरुलाई बिहान बेलुकाको छाक टार्न पनि मुस्किल छ भन्ने खबर पाए पछी हामीले तत्काल रु-४०,०००-दिने निर्णय गरेका थियौ
२)रक्षा नेपालमा एक बलात्कार पिडित असहाय महिलालले सरन लिएकी छिन उनको लागि उपचार खर्च समेत जुटाउन नसकको पिडा थाहा पाए पछी हामीले ति बलात्कृत महिलाई उपचारको लागी-तत्काल रु-४०,०००-रक्षा नेपाल मार्फत दिने निर्णय गरेका थियौ |
३)कार्यक्रम यसो गरे कसोहोला भनेर देखाईएका एच.आई.भी. पिडित बालबालिकाको बिजोग सुने पछाडी सफलता HIV शिक्षा सधन किर्तिपुर मार्फत ति बालबालिकाहरुको लागि रु-५०,०००-दिने निर्णय गरेका थियौ |
४)यसै गरि बूदेस कालका सहारा बनेका छोराको पिडा बारम्बार आएको कुराले मर्माहित भई उनको उपचार्थ भनेर बाटो खर्च सहित पोखरका कमल क्षेत्रिलाई -रु-५०,०००- (रु-२००-० बाटो खर्च)दिने निर्णय गरेका थियौ |
५) यस्तै बाग्लुंङ् जैबीका हेम राना मृगौला रोगको उपचार खर्च जुटाउन नसकेको खबर पटक पटक आएको हुनाले उनको चर्याई रहेको घाउमा मलम सोरुम उपचारको लागि ---रु-५०,०००-सहयोग गर्ने निर्णय गरेका थियौ |उक्त कार्यक्रममा बृद्दा आश्रम र बच्चाहरुलाई कार्यक्रमको दिन खाजा को लागि--३०८२ सहित गरेर एकै पटक जम्मा रु-२,४३,८५७- सहयोग रकम काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको थियो |
यस पछाडी ०४ -२-२०१३ मा जिविकोपार्जनको एक मात्र आस्थाका रूपमा रहेका श्रीमानको साउदीमा मृत्यु-डेढ महिना बिती सक्दा पनि उनको लास आउन सकेको रहेनछ , चार जना स-सना ४ टुहुरा छोरा छोरी रहेको , काजक्रिया खर्च समेत नभएको अब बिसखएर छोरा छोरी संग मर्छु भन्दै आएको समाचार लाई बुझेर श्रीमती ओमकुमारी ओली लाई हे.हे. इन इजरायल बाट तत्काल रु-५०,०००-(पचास हजार) उपलब्ध गराउने निर्णय उक्त रकम उहाँका आफन्त को मध्यम बाट तत्काल हस्तान्तरण गरिएको थियो । त्यसै हालसालै गरि धादिंग घर भई । हाल भक्तपुरमा उपचार गराई रहनु भएकी मृगौला पिडितसुसिला श्रेष्ठलाई रु २५००० सहयोग प्रदान गरियो ।
यसका अलवा पछिल्लो समयमा सस्थाले आफ्नो फन्डमा पैसा नभए पनि यी निम्न पिडित हरुलाई सहयोग पुर्याउने उद्देस्यले इजरायलला कार्यरत सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक अपिल गरि असयोग अभियान चलाएका छौ यो अभियानको सहयोग निम्न ब्यथा भएका यी पिडित हरुको लागि हुनेछ ,"डेाटी सुधुर गाबिसमा रहेकेा बासखानी ८मा खिना तिरवाका ३ सन्तान आज असक्त छन । ३ अपाँग बच्चा संग उनको बाच्ने कुनै आधार नै छैन , खिना आफुले जन्माएका सन्तानकेा मृत्यु पर्खेर दिन काटी रहेकी छिन!!!त्यसै गरि उदयपुर को एक दनुवार परिवारमा बिलट बहादुर दनुररका ४ जना छोरा मानसिक अपांग छन् उनीहरुको पिडा पनि कम दुखलाग्दो छैन उनीहरुलाई पशु जस्तो बाँधेर राख्ने गरेका छन् ,त्यसैगरि हिमालय टेलिभिजन द्वारा प्रसारित यसो गरे कसोहोलामा देखाईएका सडक बल्बकिकाहरुको पिडा पनि कम छैन "" यसरी सहयोग जुटाउने सहयोग रकम हस्तान्तरण गर्ने कार्य निस्पक्षय र पारदर्शी ढंग बाट गरि रहेको छ ।
मासिक ३० सेकेलक अलवा संस्था मा सहयोगी मन र सहयोगी भावना बोक्नु भएका सहयोगी मनहरु बाट आफ्नो वा आफ्नो परिवारका सदस्यहरुको शुभ जन्म दिन ,पुन्य तिथि तथा अन्य कार्यमा गरिने खर्च बाट केहि खर्च कटाएर असहायहरुकालागि सहयोग गर्ने क्रम पनि निरन्तर छ । छोटो समयमै यस्तो दान बाट संस्था ले उल्लेखीय सहयोग संकलन गरेको छ । यसै गरि संस्थाले बेला बेलामा विभिन्न स्थानको भ्रमण ,सांस्कृतिक कार्यक्रम पनि गरि रहेको छ । स्मरण रहोस गत मे महिना मा संथा ले आयोजना गरेको क्याम्पेन भ्रमण बाट १०१०७ सेकेल बचत गर्न सफल भएको थियो , यस्तै अहिले यहि आउदो सेप्टेम्बर ६ तारिख महिलाहरुको माहान चांड तिज को अवसरमा पनि रास्ट्रिय कलाकार हरुको प्रस्तुति हुने तिज को भब्य कार्यक्रम हरितालिका साझ २०७० को आयोजना गर्दैछ ।
हरितालिका साझ २०७० मा हे.हे. इन इजरायल संग आबद्ध सम्पूर्ण सहयोगी मनहरु , इजरायलमा अवस्थित संगसंस्थाका प्रतिनिधि ज्यु हरु र पत्रकार ज्यु हरु तथा इजरायलला कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त रमाइलो साझमा उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन् हार्दिक अनुरोध गर्दछौ |
हेल्पिंग हेन्ड्स इन इजरायल सहयोगी मनहरुको समाज (Society of Helping Hearts) नाम बाट अधिकारिक रुपमा दर्ता भई यहाँ हरुको माझमा केहि गर्ने भावना बोकेर आउने छ , यहाहरुको सहयोग सल्ला-सुझाब हाम्रो लागि मार्ग निर्देशन हुनेछ र सबै बाट सहयोग पाउने आसा लिएका छौ । सहयोगी मनहरुको समाज (Society of Helping Hearts) मा रहनुभएका सदस्य हरुको नामावली तपशिल अनुसार रहेकेा समाजले जनाएकेा छ :
१. श्री-कृष्ण प्रसाद ज्ञवाली (अध्क्षय)
२. श्री- सुमन कार्की ( उपाअध्क्षय)
३ . श्री- कृष्ण निरौला (महासचिब)
४. श्री- हरि मानन्धर (सचिव )
५. श्रीमति-रन्जु कार्की (कोसाअध्क्षय)
६. श्री- केशव अधिकारी (सह-कोसाअध्क्षय)
७. श्री- तिर्थ गौतम (सदस्य)
८. श्री- प्रमोद लम्साल (सदस्य)
९. श्री-पर्शुराम निरौला (सदस्य)
१०. श्रीमति-कल्पना न्यौपाने (सदस्य)
११. श्रीमति-तारा न्यौपाने (सदस्य)
१२.श्रीमति- हेमा कार्की (सदस्य)
१३.श्रीमति- इन्दिरा कार्की (सदस्य)
१४. श्रीमति- राधा देवी गौतम (सदस्य)
१५, श्रीमति-बिस्नु कुमारी बस्ताकोटी (सदस्य)
१६,श्रीमति सुनिता पन्त (सदस्य)
१७,सुर्य प्रसाद बश्याल (सदस्य )
१८) कुमार दाहाल (सदस्य )
१९ ) मोहन बिक्रम श्रेष्ठ (सदस्य )