बर्ड फ्लु नियन्त्रणको मिती सकियो तर रोग भेटिदैछन् I

काठमाण्डौ श्रावन २३,

बर्ड फ्लु नियन्त्रको लागि सरकारले कुखुराको ओसार पसारमा प्रतिबन्ध लगाए पनि काठमाण्डौ उपत्यका भित्र बर्ड फ्लु को संक्रमण फेला पर्ने क्रम जारि छ । सरकारले लगाएको एक हप्ता लामो प्रतिबन्ध आज सकिन्दै छ । तर, अनुगमनका क्रममा हिजो पनि काठमान्दौं र भक्तपुरका विभिन्न स्थानमा बर्ड फ्लु संक्रमित कुखुरा फेला परेका छन् । 

पछिल्लो समय काठमाण्डौको थानकोट र पुराको नैकाप एक एक वटा फर्ममा बर्ड फ्लुका रोगि कुखुराहरु  भेटिए  । यसैगरी भक्तपुर नगरपालिका वडा न; १२ र सिपाधोल वडा न;९ का गरि दुइ वटा फर्ममा रोगि कुखरा भेटिएका थिए । राजधानीमा बर्ड फ्लु महामारीकै रुपमा फैलिएको भेटिए पछि गत १७ गत्ते देखि एक हप्ताका लागि कुनै पनि पशु पक्षीको मासु खरिद बिकिरिमा सरकारले रोक लगाएको थियो । पशु स्वास्थ्य निर्देशनालयका प्रबक्ता डाक्टर नारायण घिमिरेले पशु पक्षीहरुको ब्यापार माथि उपत्यका भित्र लगाइएको रोक हटाउने वा नहटाउने बुधबार भित्र निर्णय लिइने बताउनु भएको छ । 

हालै उपत्यका भित्रका कुखुरा फर्म संचालकहरुले बर्ड फ्लु रोगले मरेका कुखुरा जताभावी फालेको पाइएको थियो तर जन-स्वास्थ्यमा पुग्ने ठुलो हानि पुग्ने यस खालको अपराध गर्ने हरु माथि हाल सम्म कुनै कारवाही भने भएको छैन । एक कुखुरा ब्यबसायीले जानी-जानी त्यस्तो कार्य नगरेको बावी गरेका छन् । यदि यो बर्ड फ्लु रोग मान्छेमा सरेमा अत्यन्तै छिटो एक बाट अर्कोमा सर्ने सम्बन्धित बिसेसग्यहरु बताउछन । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com