राजधानीको २९ ओटा स्थानमा बर्ड फ्लु I

काठमाण्डौ  श्रावण २०,

राजधानीको विभिन्न स्थानमा बर्ड फ्लु देखिएको छ । पछिल्लो एक हप्तामा काठमाण्डौमा २९ ओटा स्थानमा बर्ड फ्लु को जीवाणु भेटिएको छ ।

यसैबीच भक्तपुर वडा न; २ मा एक कुखुरा फर्मा रहेका बर्ड फ्लु द्वारा संक्रमित कुखुरा नष्ट गरेपछि फैलिएको दुर्गन्धका कारण बिरामी पर्न थालेका स्थानीयको स्वास्थ्य परिक्षण तुरुन्त भएको छ ।

उक्त दुर्गन्धका कारण स्थानिय वासिन्दा धमाधम बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय टोलीले सो क्षेत्रका ६७ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । परिक्षणका क्रममा कसैलाई पनि बर्ड फ्लु बाट हुन् सक्ने रोगको सम्भावित लक्षण नभेटिएको भक्तपुर जिल्ला जनस्वास्थ्य अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com