७२ % युवक र ६२ % युवती प्रेम विवाहका पक्षमा I

काठमाण्डौ श्रावन २७, 

नेपालमा ७२ प्रतिशत युवक र ६२ प्रतिशत युवती प्रेम विवाहका पक्षमा देखिएका छन् । सोही उमेर समूहका ५३ प्रतिशत युवक तथा ४५ प्रंतिशत युवतीहरु अन्तरजातीय विवाह गर्न मनपराउने गरेको एक सर्वेक्षणले देखाएको छ । किशोर किशोरी तथा युवा सर्वेक्षण २०१०/०११ को अध्ययनले यस्तो देखाएको हो । 

सो सर्वेक्षणले १५ प्रतिशत युवक र ८ प्रतिशत युवती विहे नगरी संगै बस्न मात्र मनपराएको समेत देखाएको छ । सर्वेक्षणमा देशभरका ८ हजार ९ सय ७४ घरधुरीबाट १० देखि २४ वर्ष उमेरका १४ हजार ७५४ जना किशोर किशोरी तथा युवाहरुसंग अन्तर्वाता लिइएको थियो । सो सर्वेक्षण पाँच विकास क्षेत्रका शहरी तथा ग्रामिण भेगमा गएर गरिएको थियो । सर्वेक्षणले ४४ प्रतिशत युवा तथा किशोरहरुले यौन सम्वन्ध राख्ने गरेको देखाएको छ । त्यस्तै गरी सर्वेक्षणमा सहभागी ५ प्रतिशत युवा तथा किशोर किशोरीहरुले पैसा तिरेर यौन सम्पर्क गर्ने गरेको बताएका छन् । 

यौन आनन्दका लागि ४९ प्रतिशत युवाले सम्वेदनशील अंग छोएर सन्तुष्ट लिने गरेको र ५१ प्रतिशतले चुम्वन गरेर यौन सन्तुष्टी लिने गरेको तथ्य खुलेको छ । त्यस्तै ५२ प्रतिशत युवा तथा किशोरीहरुले ले आलिङगनमा बाधिएर यौन सन्तुष्टी लिने गरेको बताएका छन भने ६३ प्रतिशतले भने हस्तमैथुनद्धारा यौन सन्तुष्टी लिने गरेको पाइएको छ । सर्वेक्षणले युवा तथा किशोरीहरुको प्रेमलाई भने निकै कच्चा देखाएको छ । युवा तथा किशोर किशोरीहरुले १७ वर्षमा पहिलो पटक प्रेम प्रस्ताव गर्ने गरेको र औसतमा सो प्रेम प्रस्ताव १४ महिनामै टुटने गरेको देखाएको छ । 

युवा तथा किशोर किशोरीहरुले पहिलो पटक हुने प्रेम भावनात्मक भन्दा पनि मनोरञ्जनका लागि गर्ने गरेको बताएका छन् । सर्वेक्षणको नतिजाले युवा तथा किशोर उमेरमा प्राय दुई जनासंग प्रेम प्रसंङ्ग चल्ने गरेको समेत देखाएको छ । त्यसैगरी युवा तथा किशोर उमेरका ९२ प्रतिशत युवक र ७७ प्रतिशत युवतीहरु अविवाहित रहेको देखिएको छ । यसले २४ वर्ष भन्दा कम उमेरमा विहे गर्ने युवा युवक युवतीको संख्या कम रहेको देखाएको छ । विवाहको औसत उमेर युवकको १९ वर्ष र युवतीको १७ वर्ष रहेको छ भने पहिलो बच्चा जन्माउदाको औषत उमेर १९ वर्ष रहेको छ । 

तथापी ६ प्रतिशत किशोरीहरु ( १५ देखी १९ वर्षका) ले बच्चा जन्माइसकेको देखिएको छ । विवाहित मध्ये ५३ प्रतिशत युवकहरु तथा ३८ प्रतिशत युवतीहरुले आफैले छनौट गरेर विहे गरेको पाइएको छ । नतिजाले अझैपनि चार प्रतिशत युवतीहरु पहिलोपटक महिनावारी हुदा छाप्रोमा बस्ने गरेको , सात प्रतिशत अध्यारो कोठामा र ३० प्रतिशतलाई अलग्गै कोठामा राख्ने गरेको पाइएको छ । ४५ प्रतिशत युवतीहरुले भने केही सामान्य अवस्थामा रहेको देखिएको छ । यसैगरी करिव ९२ प्रतिशत किशोर किशोरीहरु एचआइभी एड्सबारे जानकार रहेको पाइएको छ ।(स्वास्थ्य खबरबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com