हलिउड नायिका एन्जलीना जोली पुनः एक पटक चर्चामा छिन्। यतिबेला उनी अभिनेता तथा श्रीमान् ब्राड पिटबाट पाउने एउटा उपहारका कारण चर्चामा आएकी हुन्। समाचारअनुसार पिटले जोलीलाई एउटा निजी विमान उपहार दिँदैछन्।
एक-अर्कासँग भेट्न सहज हुने भएकाले ब्राडले श्रीमतीलाई महँगो उपहार दिन लागेको बताएका छन्। पछिल्लो समय यो सेलिब्रेटी जोडीले एक-अर्कालाई समय दिन सकिरहेको छैन।
छुट्टा-छुट्टै स्थानमा हुने छायांकनका कारण उनीहरू लामो समयसम्म एकअर्कालाई भेट्न पाउँदैनन्। जोलीले विमान चालकको लाइसेन्ससमेत लिइसकेकाले उपहार पाएकै दिन उनी उक्त विमान उडाउन सक्नेछिन्।