कविता : आई एम सरि तिमी सहरको मान्छे : By, बम्जन सुबेन I



ब्युझिएर पनि कुहिराको काग झैं ,
 अन्योलमा बाँचेको तिम्रो शहर,
 त्यस शहरमा हुर्केकी तिमी!
 तिम्रो दिमाग ज्ञानले भरिएर पनि/
अज्ञानतामा परिणत छ
 खै!
कसरी तिमीसँग मेरो नाता गांसीन पुग्यो?
आइ एम सरी! तिमी शहरको मान्छे!
सिमेन्टको जङगल मान्छेको घारी,
र/त्यसभित्र
मानावता र नैतिकता हराएको तिम्रो शहर,
मान्छेले मान्छेलाई चिन्दैन,
मान्छेहरुको माझ मान्छेहरुकै हुल हराउँछ !
म/रुखहरुको जङगल र मानाबताभित्र
रुमालिएको मान्छे!
सधैं,
पापबाट मुक्त हुन,
दिन-हिन दुखी दरिद्रलाई सडकलाई झै निर्धक्क कुल्चदै
मन्दिरमा धाउने तिम्रो शहर!
अनि,
निर्जिब ढुङ्गालाई खुशी पार्न
कोटी-कोटी इश्वरका नाममा
मान्छेले, मान्छेलाई नै बली चढाउछ!
र/आफु,इश्वरभक्त भएको नाटक रच्छ
छ्या,
बिवेकहिन,पागल र अन्ध तिम्रो बस्तिमा
खै!
कसरी तिमीसँग नाता गासिन पुग्यो
आइ एम सरी!
तिमी शहरको मान्छे!
मान्छेहरु,लाज,घिन,डर र त्रास पचाएर
निर्बस्त्र कुर्लिरहेछ सडक-सडक
नैतीकता यसरी मान्छेले बेचेको देखेर
लाजले,गुप्ताङग छोपिरहेछन/
निर्जिब मुर्तिहरु
अस्लिलताको दुर्भन्छित फेसन देखेर
आँखा छोपिरहेछन जङगली जनावरहरु
छ्या,
लाज पचाएर नैतीकता बेच्ने
अर्धनग्न तिम्रो शहरमा,
खै/कसरी
तिमीसँग मेरो नाता गाँसिन पुग्यो
आइ एम सरी!
तिमी शहरको मान्छे!

बम्जन सुबेन,
बुढानिलकण्ठ,काठमाडौं
हाल-यु.ए.इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com