घाँस काट्न जाँदा काकाले गरे बलात्कार I

खोटाङ श्रवान २४,

खोटाङमा नौ वर्षकी बालिकालाई उनका काकाले बलात्कार गरेका छन् । नाताले काका पर्ने २६ वर्षका जापान राईले जंगलमा घाँस काट्न गएको समयमा बलात्कार गरेको ती बालिकाले बताएकी छिन् । राखा ४ की बालिकालाई बलात्कार गर्ने यूवा फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताउनुभयो ।

उजुरी परेपछि बलात्कारीको खोजी कार्यलाई तिब्रता दिइएको प्रहरीले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिए पनि प्रहरीले कारबाहीका लागि कुनै चासो नदेखाएको पीडित बालिकाको आमाले बताइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com