अनेरास्वीयुद्धारा माडीका विभिन्न विद्यालयहरुमा ईकाई समिती गठन I

 माडी भाद्र ०४,

अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनद्धारा आज माडीका विभिन्न विद्यालयहरुमा नयां कार्यसमिती गठन गरेको छ । जस अन्तर्गत अयोध्यापुरी स्थित कृष्णनगर माविमा हिमाल भण्डारीको अध्यक्षतामा ३७ सदस्सीय समिती गठन गरिएको छ ।

जसको उपाध्यक्षमा अर्जुन तामाङ, सचिवमा दिपेन्द्र भण्डारी, सह सचिवमा सिता परियार र कोषाध्यक्षमा कृष्ण मायां सुनार रहनुभएको छ । त्यसैगरि आज नै कल्याणपुर गाविस स्थित जनकल्याण माविमा पनि युनियनको पुनर्गठन गरिएको छ । विद्यालयका निवर्तमान अध्यक्ष नेत्र आचार्यको अध्यक्षतामा बसेको बैठकले शिव चापागाईंको अध्यक्षतामा ३१ सदस्सीय समिती गठन गरेको छ ।

जसको उपाध्यक्षमा संजिव भट्राई, सचिवमा किर्तिना आचार्य, सह सचिवमा विष्णु चापागाईं र कोषाध्यक्षमा किरण राई रहनुभएको छ । कार्यसमिती गठन कार्यक्रममा अनेरास्वीयु जिल्ला सचिवालय सदस्य विपिन पाठक, सप्तगण्डकी क्याम्पस सचिवालय सदस्य प्रकाश देवकोटा लगायतको उपस्थिीति रहेको थियो । यसअघि सोमबार माडीका विभिन्न विद्यालयहरु तथा उच्च माविहरुमा नयां कार्यसमिती गठन कार्य सम्पन्न भैसकेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com