नारीदर्पण डटकम : १९ औं विश्व आदिबासी दिवस भव्यताका साथ् सम्पन्न भएको छ । शुक्रबार साँझ निर्धारित समय भन्दा करिब एक घण्टा पछि सुरु भएको उक्त कार्यक्रम सोचे राम्रो भएको उपस्थित प्रत्यक्षदर्शीहरुले बताए । इज़रायल मा सधै हुने कार्यक्रम भन्दा भिन्न र ऐतिहासिक रुपमा प्रथम पटक भएको यस कार्यक्रम को स्वाद निकै मिठो रहेको पनि दर्शकले बताएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघका भूपू महासचिव आङ्गकाजीको शेर्पा को विशेष आतिथ्यमा र इज़रायालका लागि नेपाली राज्धुत श्री प्रल्हाद कुमार प्रसाईं , उपनियोग प्रमुख खड्गा प्रसाद दाहाल , उपनियोग रोशना खनालको विशेष उपस्थिति रहेको थियो । करिबन पाँच सय दर्शक रहेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रम मा इज़रायल स्थित स्थानिय विभिन्न जात जातिले आ-आफ्नो जातीयता झल्काउने नांच प्रस्तुत गर्नु भएको थियो । र, आङ्गकाजीको शेर्पाले दिनु भएको मन्तव्यले उपस्थित सबै मन्त्रमुग्ध भै खुलेर उहाँको प्रसंसा गरेका थिए । इज़रायालका लागि नेपाली राज्धुत श्री प्रल्हाद कुमार प्रसाईं ले पनि आङ्गकाजी शेर्पाको प्रसंसा गर्दै उक्त कायक्रम ऐतिहासिक भएको बतान=उनु भयो र सबैलाई धन्यवाद तथा बधाई दिनु भएको थियो ।
___ यस सम्बन्धि बिस्तृतमा समाचार फेरी आउने छ _ _ _ _