कार्यक्रम साझा सवाल, भाग-302: What Voters Want to Know ?


कार्यक्रम साझा सवाल : सार्वजनिक खपतका लागि बोलिने नेताका बोली सुन्दा लाग्छ चुनाव मंसीर ४ मै हुन्छ । तोकिएको समय अर्थात् मंसीर ४ गते संविधानसभाको अर्को निर्वाचन गर्ने हो भने त्यसका लागि अव ३ महिनाको समय पनि बाँकी छैन ।

चुनाव होला वा नहोला भनी राजधानीमा राजनीतिक दल, तिनका नेता र कार्यकर्ताबीच रस्साकस्सी चलिरहदाँ मतदाता भने नेताबाट के जान्न चाहन्छन् त? चुनावका बारेमा मतदाताको धारणा के छ? दोलखा सदरमुकाम चरिकोटमा रेकर्ड भएको यो साझा सवालमा एकिकृत नेकपा (माओवादी) का नेता देवी खड्का, नेकपा (एमाले) का नेता पशुपति चौलागाईं र नेपाली काँग्रेसका नेता ताराबहादुर कोइराला हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com