चुनावका लागि महिलाहरुको चुनौती I

काठमाडौ भाद्र १३,

नारीदर्पण : आगामी सबिधानसभा निर्वाचनमा महिलाहरुको उपस्थिति ३३ % कायम गर्नु पग्ने माग महिला नेत्रीहरुको रहेको छ । विभिन्न राजनैतिक दल सँग आबद्ध महिला नेतृहरु महिलाको सहभागिता परिणाम मुखी हुनु पर्ने बताएका छन् । 

निर्वाचनले देश तात्तिरहेको बेला महिला अधिकार कर्मीहरुले पनि आधिकार का लागि राजनैतिक दलका नेता तथा निर्वाचन आयोगलाइ झाक्झाक्ययेका छन् । २०६४ चैत्रमा पहिलो संबिधान सभा मा महिलाको लागि ३३% स्थान आरक्षण गरिएकोमा कतै त्यो उपलब्ध पनि गुम्ने हो कि भनि उनीहरु ससंकित भएका पनि देखिन्छन । 

यसै क्रममा विभिन्न राजनैतिक दल संग आबद्ध नेतृहरुले राजनैतिक दल तथा निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरु अन्तर पार्टी महिला संजाल ३३% महिला प्रतिनिधित्व स्थान सुनिस्चित गर्न आन्दोलनरत छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com