जुन कालीको पूजा गर्थें आज त्यहि काल भयो
प्रकृति नै उल्ट्यो त्यहाँ हेर्दा हेर्दै बेहाल भयो !
रित्तो भयो काख सबै उजाडियो बस्ति सारा
नुन चुक हाली घाउँ पुर्ने ज्यानमारको चाल भयो !
नेता ज्युको मुटु दुख्दा रित्यो धन ढुकुटीको
दार्चुलाको राहात बारे ना ना थरि सवाल भयो !
नत बन्यो संबिधान नत फिर्यो देशको मुहार
भाई फुटे गवार लुटे सत्रु माला माल भयो !
भ्रष्टचारी कुर्शी ताक्ने युवा शक्ति बिदेशिने
नारा जुलुस दैनिकि भो बिना सुर ताल भयो !
बिमला अधिकारी
भरतपुर ,मिलनचोक