Events of Donation to Children Village
अनाथ, असाय तथा अति बिपन्न चेपाङ बालबालिकाको शैक्षिक सहयोगार्थ, "खान पुगोस दिन पुगोस" (रबिन्द्र मिश्र) "चिना हराएको मान्छे" (हरिबंश आचार्य) दोयले लेख्श्व पुस्तक नबराज आचार्यको पहलमा इजरायलबासि नेपालीहरु माझ थोरै - थोरै रकम सहयोगार्थ स्वरुप बिक्रि गरे संकलित रकम/रोयल्टी (नगद चेक) सहयोग चिल्ड्रेन अफ द स्ट्रिट नेपाल ( COTS Nepal ) द्वारा संचालित राइजिंग लोटस चिल्ड्रेन भिलेज (किर्तिपुर, काठमान्डौ) लाइ उत्तम आचार्यको हातबाट एक लाख एकचालिस हजार भन्दा बढी रकम अतिथि बरिष्ट पत्रकार तथा परोपकारी व्यक्ति भनेर चिन्न सफल रबिन्द्र मिश्रको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । उक्त अबसरमा हाम्रो संसारलाई यस सस्थाका संचालक हरि प्रसाद पोख्रेलले जाकारी दिए आनुसार सुरुमा काठमाण्डौको बाफलमा एक फ्लाटमा ३ जना टुहुराहरु बाट सुरु गरेको यो संस्थालाई सुरुमा आर्थिक संकट थियो । केहि समयपछि मेरो एक विदेशी साथी Tracy Brandt ले सहयोग गर्नु भयो । त्यसपछि हामीले अरु केही बच्चाहरु जम्मा ग¥यौं ।