गजल : By, सोमकृष्ण श्रेष्ठ I



ढुंगाको दिल पगाल्न खोज्ने म मुर्ख हैन र
निष्ठूरी लाई समाल्न खोज्ने म मुर्ख हैन र

धपक्क बल्ने पूर्णेको जून टिपौंला भनेर 
धर्तीमा तल खसाल्न खोज्ने म मुर्ख हैन र

बसन्त मात्र खोजेर मैल त्यो ऋतु गृष्मलाई
नआऊ भन्दै धकाल्न खोज्ने म मुर्ख हैन र

भमरा लाई पञ्छाइ त्यहाँ टिपेर त्यो फूल
जुठो भो भनि पखाल्न खोज्ने म मुर्ख हैन र

धमिलो होला भनेर पानी त्यो प्यास लागेनि
मूलमा हात नहाल्न खोज्ने म मुर्ख हैन र

ढुंगाको दिल पगाल्न खोज्ने म मुर्ख हैन र
निष्ठूरी लाई समाल्न खोज्ने म मुर्ख हैन र 

सोमकृष्ण श्रेष्ठ
भिनपा, २ दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com