कविता, 'चिट्ठी' : By, कल्पना पौडेल "जिज्ञासु" I



यो बिरानो मुलुकबाट मेरो प्रियतम
तिमीलाई आफ्नै हिर्दय खाम भित्र पटाएर
पठाएकीछु यो फगत चिट्ठी मात्र हो भनेर नसम्झनु
यस भित्र
मेरा जीवन  संङ्घर्षका
गाथाहरु,तिम्रो स्नेहमही हातहरुको स्पर्स बिनाका यि
पलहरु अन्धकारमय कालो पर्दा ओडाइएर ज्योति खोसिएका मेरा
आँखाहरु मेरो सुन्दरता हराइएको कुरुप अनुहार
मिठास खोसिएका सपनाहरु र् धैर्य लुटिएको पन
सँगै पठाएकीछु

यो खाम ति पाखा पखेरामा गला खोले झै खोल्नु
र अमिलो मन बनाउदै बिरएका
भाका सुसेल्नु
तिम्रो आत्मा पग्लिएर रोएछौ भने
आसुको छिटाले भिजेको चिट्ठी नाङो
शरीरमा च्वास्स पोल्यो भने सान्त्वनाको पाती
दल्ने प्रयास गर्नु

अतितलाई न कोट्याउनु फेरी नमिठो दुखाइले सताउला
 विक्षिप्त त्यो तन मन पग्लिएला म् स-साना लाला बाला छोडेर
पैसा कमाउन

हुत्तिंदै प्रदेसिदाको झट्का
बिजुलीको भन्दा कम कहाँ होला र?

बिरानो पाते विच्छीले झुक्काएर स्वभिमानलाई छुँदा
दाग लागेर टट्टाइरहेको यो    मन पाकेपछि
पसिना बनेर बगेको यो शरीर
धेरै धन कमाउने सपना पोको पारी भोको पेट
लिएर आफू पौडी खेल्दाको अनुभव मिसिएको
यो चिठी मात्र नसम्झनु
यो त विदेशिन बाध्य
नेपालीको जीवन हो
कैयौ कर्मठ महिलाको
जिन्दगी हो ।।।
बाध्यता हो त्याग हो बलिदान हो ।

कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल
कल्पना पौडेल:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com