गजल : By, तारा प्रसाद अधिकारी I



आगोको कुरा न गर दिल जलेको बेला
ताराको भरै न पर जून बलेको बेला

 उज्यालो छाडी निशानी जाँदा क्षितिज पारी
आशाको ज्योति नछर दिन ढलेको बेला

बैमानी रुप मायाको मन मस्तिष्क भित्र
कल्पना म संग न लड ज्यान गलेको बेला

बागमा आई भमरा चुम्दै अंगालो हाल्दा
कोपिला रंग न भर फल फलेको बेला

 बिरानो हुन्छ इलामे दिंदा अरुले साथ
सम्झना वर न सर हुरी चलेको बेला

तारा प्रसाद अधिकारी
दानाबारी,गरुवा ईलाम


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com