गजल : By, अनिल बन I



तीज आयो फेरी पनि जोर मादल बज्ने होलान !
लुठे पिङ्ग र चर्खे पिंग मा साथिभाइले खोज्ने होलान !!

पोहोर सालत संगै थिएँ उनि संगै नाच्दा गाउँदा 
ऐले त मा यता हजुर अर्कै जोडी रोज्ने होलान!!

मौसम पनि उनको मन झैं भा ' को होला कालो निलो 
पानि परे ऐले पनि पोहोर जस्तै रुज्ने होलान !!

हेर्न भए ' नि जानु काली कत्ति मन न दु: खाई
साथीसंगी तिम्रा पनि थोरै भए 'नि बुझ्ने होलान !!

तीज आयो फेरी पनि जोर मादल बज्ने होलान !
लुठे पिङ्ग र चर्खे पिंग मा साथिभाइले खोज्ने होलान !!

अनिल बन
बाग्लुङ :दगा तुम्डाडा
हाल :अबु धबी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com