गुन्गुनाइ रहुँला आफैभित्र,धुन बनि आउनु प्यारी,
प्रत्येक मेरो नशा-नशामा,खुन बनि आउनु प्यारी!
सम्झनाले छाती पोल्दा,छट्पटिएर कतै ढल्न सक्छु,
पवनसँगै पुर्णिमाको शितल,जुन बनि आउनु प्यारी!
आँखा तर्दैछन यहाँ मान्छेहरु,ईर्श्या् अनि डाहाले,
पित्तल होइन सकेसम्म,सुन बनि आउनु प्यारी!
सबको पैतलामा लाग्ने,भुइँको धुलो बन्नु भन्दा,
बरु जाती हुन्छ पहराको,चुन बनि आउनु प्यारी!
प्यास मेटिएला पिएपछि,सँगै बसी प्रेमको प्याला,
तिर्खाले छटपटोस सुबेन,नुन बनि आउनु प्यारी!
बम्जन सुबेन
बुढानिलकण्ठ,काठमान्डौ
हाल-यु ए इ