असार २४, इजरायल
हरि मानन्धर “विवश” : इजरायली भूमिमा नेपाली गीत संगीत मौलाउने क्रम तीब्र छ । यसै क्रममा प्रसिद्ध गायक हिमाल सागरको ‘त्यो दिन’ एल्वममा समावेश गरिएको गित ‘यो मर्म रेटी जानेलाई’ बोलको गीतको भिडियो इजरायली भूमिमै सार्वजनिक भएको छ । यस अगाडि थुप्रै गीतहरूमा निर्देशन, छायाङ्कन तथा सम्पादन गरिसक्नुभएका कर्मसील जुझारू युवा विपिन तामाङ्ले यो गीत पनि सबैको मनमा रहन सक्नेगरि तैयार पार्नुभएको छ ।
मानस केसीको शब्द रहेको उक्त गीतलाई निर्देशक विपिन तामाङले इजरायलमै कार्यरत हेम उप्रेती, अरिया खड्का, सूर्य बस्याल र सुष्मा बस्यालको अभिनयलाई अनुबन्धित गर्नुभएको छ ।
निर्देशक तामाङ्ले उक्त गीतको भिडियोमा आफुलाई अति माया गर्ने प्रैमीलाई छाडेर अर्को प्रेमी रोज्दाको पीडा कथाबस्तुमा समावेश गर्नुभएको छ ।
निर्देशक तामाङ्ले ‘म त धर्तीको धुलो’, ‘आफु त सोझो मान्छे’, ‘पीडा दिने निष्ठूरीले’ लगायतका गीतहरूमा आफ्नो कला प्रस्तुत गरिसक्नुभएको छ भने ‘पलपल यादमा मर्छु हजुर’ गजल लगायत अन्य गीतहरूमा समेत भिडियो तयार पार्दै हुनुहुनछ ।
‘यो मर्म रेटी जानेलाई’गीतको भिडियो हेर्नुहोस्ः....