काठमाण्डौं असार २४,
यासिन : मकवानपुर घर भएकी उर्मिला गोले सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते भएर बडो मुस्किलले स्वदेश फर्केको समाचारले मर्माहित बनेका इज़रायलमा रहेका नेपालीहरुले पनि उर्मिला गोलेको उपचारका लागि सहयोग जुटे ।
विश्वनेपाली नेपाली साहित्य महासङ्घ इज़रायल साखा-GFNL ले उर्मिलागोलेको उपचारको लागि नेपाली बीस हजार साठ्ठी (२०,०६०) रुपैयाँ पठाएको थियो । उक्त रकम आज एक कार्यक्रमका बीच हस्तान्तरण भएको छ । विश्वनेपाली नेपाली साहित्य महासङ्घका केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ लगायत विभिन्न व्यक्तित्व र पत्रकारको उपस्थितिमा सहयोग रकम हस्तान्तरण भएको हो । कार्यक्रम सम्म हाम्रो (इज़रायल बाट) सहयोग रकम पुर्येदिनु हुने निर्मल प्रसाद घिमिरे धन्यवाद दिनु चाहन्छौं ।
तस्बिर, सागर श्रेष्ठ/हाम्रो संसार/सुमन गिरी_
उद्धव तामाङ्ग : वैदेशिक रोजगारीका लागि करिब ३ महिना अघि कुवेत पुगेकी मकवानपुरकी उर्मिला गोले खुट्टा भाँचिएपछि नेपाल फर्किइन् । पैसा अभावमा उपचार समेत गर्न नसकिरहेको अवस्थामा रोजगार मिडिया प्रा.लि.द्धारा निर्मित एनटिभि प्लसमा हरेक शनिवार बेलुका ९:३० बजे प्रशारण हुदै आइरहेको कार्यक्रम ‘रोजगारीका आवाज’ मा उनको वेदना र पिडा समेटिएको रिर्पोट प्रशारण भएपछि वैदेशिक रोजगारीकै क्रममा इजरायल, अमेरिका, युरोप तथा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुद्धारा संकलित २ लाख ९४ हजार आज सोमबार एक कार्यक्रमका बीच श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले हस्तान्तरण गरे ।
सहयोग रकम संकलनमा इजरायलबाट संचालित सिएनएनइ न्यूज डटकम, एनपि न्यूज डटनेट, संयुक्त मण्डली इजरायल, विश्व साहित्य महासंघ इजरायल शाखा, नेपाल तामाङ समाज इजरायल लगायतका संस्थाहरुले सहयोग पु¥याएका थिए । कार्यक्रममा विश्व साहित्य महासंघका उपाध्यक्ष सागर श्रेष्ठले महासंघको इजरायल शाखाबाट प्राप्त सहयोग पिडितलाई सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा श्रम सचिव श्रेष्ठले सो अवसरमा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाई हृदयदेखिनै आभार प्रकट गर्दै विशेषगरी पछिल्लो समय इजरायलमा कार्यरत नेपालीहरुले वैदेशिक रोजगारीका क्रममा घाइते भएका तथा विकराल रोगले थलिएर पिडा भोगिरहेका नेपालीहरुलाई सहयोग गरिरहेको प्रति धन्यवाद व्यक्त गरे ।
गोलेको पिडाले वैदेशिक रोजगारीमा जाने हरेक महिला कामदारलाई प्रतिनिधित्व गर्ने बताउदै सचिव श्रेष्ठले अभिमूखिकरण तालिम लिएर तथा वैधढंगबाट मात्र वैदेशिक रोजगारमा जान सवै महिला कामदारलाई आग्रह गरे । यस्ता घटनामा परेर घाइते भएकाहरुलाई उपचारमा सहयोग होस भनेर भर्खरै मात्र वोर्डका अध्यक्षको तोकमा ५ देखि १५ हजार पेश्की सहयोग गर्ने व्यवस्था भएको बताए । यसअघि बोर्डबाट वैदेशिक रोजगारका क्रममा घाइते भएका कामदारलाई दिइने ५० देखि १ लाख ५० हजारसम्मको सहयोग रकम उपचार गरेर विल पेश गरेपछि मात्र दिइने व्यवस्था थियो ।
यस्तै घाइते गोलेले सहयोग रकम ग्रहण गर्दै आफनो पीडा र दर्दनाक अवस्थामा सहयोग गरी आफुलाई हिडडुल गर्न सक्ने बनाउने सहयोग दाताहरुलाई गहभरि आशु झार्दै कृतज्ञता व्यक्त गरिन् । सोही अवसरमा उनले उपचार गरेर बचेको रकम आफना २ सन्तान हुर्काउन आयमुलक काममा लगाई सहयोगको सदुपयोग गर्ने समेत सुनाइन् ।
रोजगार मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक तथा कार्यक्रम रोजगारीका आवाजका संचालक उद्धव भट्टराईले आफुहरुको यो अभियानमा हात्तेमालो गर्ने सवैलाई धन्यवाद दिदै आगामी दिनमा यस्ता सहयोगका अभियानमा आफुहरु निरन्तर लागिरहने बताए ।
अरु तस्बिरको लागि यहाँ क्लिक गर्नु होला !
सहयोगीहरु :
१. सिएनएनइ न्यूज तथा संयुक्त मण्डली इजरायलले संकलन गरेको रु १,००,०००
२. कल्पना वि.क., इजरायल रु ५०,०००
३. विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखा रु २०,०६०
४. तामाङ समाज इजरायल, ३०,०००
५. लामा शेर्पा, अमेरिका, ३०,०००
६. कृष्णा ब. तामाङ, वौद्ध २०,०००
७.गंगा राई, हङकङ १०,०००
८. तनुरी लामा, अमेरिका १२,०००
९. प्रदिप सुब्बा,युरोप १०,०००
१०. मनोज गुरुङ, युरोप १२,०००

