छविले भित्र्याए नवनायिका I

असार २४,

चलचित्र 'लोफर'बाट निर्माता छविराज ओझाले नव- नायिका भित्र्याएका छन्। चलचित्र क्षेत्रमा नायिका रेखा थापा आएसँगै छवि क्याम्पमा नयाँ नायिकाले कमै मात्र अवसर पाएका थिए। गत वर्ष रेखा थापासँग औपचारिक रूपमा छुट्टिएपछि छविले नयाँ नायिका खोजेका हुन्।

छविले 'लोफर'बाट भित्र्याउन लागेकी नवनायिका हुन्- रजनी केसी। नुवाकोट घर भएकी रजनी काठमाडौंमा परिवारसँग बस्दै आएकी छिन्। फार्मेसीको पढाइ सकेकी रजनीको चाहना चलचित्र क्षेत्र नै भएकाले उनले 'लोफर'मा अवसर पाएकी हुन् ।

५ फिट ४ इन्च अग्ली रजनीको जोडी जो-कोही नायकसँग सुहाउँदैन। चलचित्र 'लोफर'मा उनले गरेको अभिनयबाट आफू निकै प्रभावित भएको छविको तर्क छ। अब के मात्र हेर्न बाँकी छ भने रेखा थापालाई रिप्लेस गर्दै छविराज प्रोडक्सनमा प्रवेश गरेकी रजनीले बजारमा कस्तो चर्चा र उचाइ पाउने हुन् ?

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com