सानफोर्ड साउन १
फ्लोरिडामा निःशस्त्र काला नवयुवकलाई गोली हानी मार्ने पुरुषलाई निरापराध भनी मुक्ति दिएकोमा अमेरिकी नगरहरूमा आइतबार राति हजारौंले प्रदर्शन गरेका छन् । काला समुदायबाट राष्ट्रपति बनेका राष्ट्रपति बाराक ओबामाले यस विषयमा शान्त रहन आग्रह गरेका छन् ।
स्वयंसेवी सुरक्षाकर्मी जोर्ज जिमरम्यानले १७ वषर्ीय काला युवक ट्रेभन मार्टिनलाई गोली हान्दा मृत्यु भए पनि उनी दोषी नभएको निर्णय भएपछि क्रुद्ध प्रदर्शन देखिएको छ । यसलाई जातीय तनावको रूपमा हेर्न थालिएको छ । न्यु योर्क, सान फ्रान्सिस्को, बोस्टन, डेट्रोइट तथा सिकागोमा प्रदर्शनकारीले हल्लासहित र्याली प्रदर्शन गरेका थिए ।
हलिउडमा सीएनएन भवननजिकै गैरकानुनी रूपमा भेला भएको भनी प्रहरीले लस एन्जलसमा ६ व्यक्तिलाई पक्राउ गरेको छ । अन्यत्र 'न्याय नभएसम्म शान्ति हुन सक्दैन' भन्ने नारासहित प्रदर्शन देखिएको छ । अमेरिकी प्रथम काला राष्ट्रपति ओबामाले प्रदर्शन बन्द गर्न तथा सुनुवाइको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका छन् ।
उनले अमेरिका कानुनी राज्य भएको र अभिनिणर्ायकले आफ्नो राय दिएको बताउँदै नागरिकले यसलाई स्वीकार गर्नुपर्ने बताए । उनले व्यक्ति तथा समाजको रूपमा आफूहरूले यस प्रकारको दुर्घटना भविष्यमा कसरी हुन नदिने भनी काम गर्नु सबैको कर्तव्य भएको बताए ।एएफपी :