कथा : "भोक गरिबीको खाचो " I


 तेलअभिव असार २६

राज सर आउनु होश ,म लगी दिन्छु ",नजिकै आएर एउटा रिक्सा बालाले भन्यो  किन उभी रहनु हुन्छ अब यादब भाइ लिन आउदैन   के भयो र उसलाई ? रिक्सामा बसेर हास्दै राज जी ले मजाक गर्दै भने  केहि दिन अधि त् मलाई सधै उसले अफिस लाने ल्याउने गरि रहेकै थियो  

राज सर अब यादब छैन यो दुनियामा ..." किन ? हिजो सम्म उसले रिक्सा चलाइ रहेको देखेकी थिए   हिजो सम्म उ राम्रै देखिएको थियो । "मैले हिजो मलाई अफिस पुर्याएर फर्किने बेलामा भोली पनि यही समयमा आऊ है भन्दा हुन्छ सर भनेर उ घर तिर लागेको थियो त" उसको दुइवटै किट्निक ड्यामेज  रहेछ  रे सर " डाक्टरले रिक्सा नहाक्नु भनेर धेरै अघि देखि नै मनाही गरेको रहेछ , गरिबीको भोको पेट र बच्चाको नाङ्गो आङ् छोप्न उ बाहेक अरु कमाएर ल्याउने कोहि थिएन् .उसको 

धेरै भएको थियो कहिले उसको अनुहारमा हाँसो नदेखेको हामीले ,जुनै बेला पनि सोचमा डुबेर झोक्राई रहन्थ्यो उ । ..."उ बोल्दा पनि निक्कै निराश देखिन्थ्यो सर  हिजो तपाईलाई अफिस पुगाएर फर्किदा नै उसको पिसाब बन्द भएको रहेछ  हस्पिट लादा लादै गेट सम्म पुर्याउन नपाउदै बाटैमा उसले प्रणा त्याग्यो  " राज सर ले त्यो भन्दा बढी अरु केहि सुन्न सकेन्न ! मन भित्रको त्राश र उदासी ,निराशाको बादलछायो,  त्यो यादबको मानब दुखि जीवन देखेर राज जी को अनुहारमा अजिब किसिमको तरंग छाएको थियो । हिजो भएको उ संगको सबै घटनाहरु ताजा भएर चलचित्र झैँ आँखामा दौडिन थाल्यो 

उ हिजो हतपत केहि आएको सन्देश भएर होला हुलाक तिर जादै गर्दा रिक्सा हाक्दै उसको मुख बाट अलि अलि गरेर चिच्याई अयैया ...अइया... गरि रहेको आवाज आई रहेको थियो ,र कुनै बेला बिच बिचमा आफ्नो हातले पेटलाई थिच्द्थ्यो उसले  बाटोमा धेरै पर सम्म कच्ची रोड़ भएकोले उलाई लाग्दथ्यो कि रिक्सा बाट उत्रेर एक छिन बसौ, तर,आफ्नो मनलाई काबुमा राख्दै यो आज मात्र हैन सधैको यस्तै हो कतिन्जेल उत्रिनु ,भन्ने सम्झेर होला उसले रिक्सा हाकी रह्यो  उसलाई लाग्थ्यो कि रिक्सामा बस्नेले पनि यो रिक्सा बालेले अति नाटक गर्दोरैछ भन्ने सोच्लान  

उनीहरुलाई आफ्नो व्यथा ,दर्द सुनाउदा बेकुफी होला ,बढी पैसा माग्नको लागी यसले बाहाना गर्न थाल्यो भन्ने सोचेर अनेकौ नराम्रा कुरा भन्नलान र रिक्सा बाटै उत्रिएर जालान फेरी  यस्ता खालका तरंगले यादबले रिक्सा एकनाशाले हाकी रह्यो  एक दिन त्यसरी नै पेट दुख्दा गाउँको सेठले रिक्साबाट उत्रेर आज यो कोडी,गधाको रिक्सामा चढ्नाले मेरो बिहानको साइत नै बिग्रो अब काम हुन्छ कि हुदै, अति नै लेट भयो भनेर नराम्रो लागि गर्दै आधा बाटोमा पुगेर पैसा नै नदिई अर्को रिक्सामा चढेर गएको यादबको आँखामा फन फनी घुमी रह्यो  

अति नै पेटमा दर्द भई रहेको यादबले आफ्नो एउटा हातले गद्दीलाई समातेर त्यो कच्ची बाटोमा रिक्सा चलाउदै अगाडी बढ्यो ,उसको शरीरमा पसिनाका खोला ढिक्का बनेर बहे  उ थाकेर निथ्रुक्क भएर, अति नै हात ,खुट्टा लग लग गरेर कापी रहेको थियो , उसको शरीर कन्टोलमा नहुदा रिक्सा यता उता भएको बाटोमा खाल्याढ्यांग खुल्ढ़न आई रहेको हुदा एउटा कारले टाडा देखि नै ठुलो स्वरमा निक्कै बेर सम्म हर्न बजाउदै अगाडी आएर रोकिदा उ झसंग भएर झस्कियो  रिक्सा आँफ्नै गतिमा रफ्तारमा त्यही कच्ची बाटो भएर आफ्नो साइड हुदै हुलाक तर्फ बढी रह्यो 

एक्कासी ए रुक  भनेर रिक्सा बालालाई गाडीको साहुले भन्यो र रिक्सालाई बिस्तारै ब्रेक लगाउदै यादब रिक्सा बाट उत्रियो  रिक्सा बाला अति नै ठुलो छाती भएको बलियो हाडखालको थियो उसको लागी यस्ता कच्ची रोड़मा रिक्सा चलाउनु कुनै ठुलो कुरा थिएन   गाडीको सेठले अचम्म मानेर त्यो रिक्सा बालालाइ हेरी रह्यो ... ,उसलाई लाग्यो कुनै गल्ति पो भयो की ? उ शिर झुकाएर त्यहा उभियो  मेरो रिक्साको पछी गर्दै त्यो सेठ कुनै चोरलाई पिछा लागे झैँ गरि पछी पछी आई रह्यो 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com