काठमाण्डौ श्रावण ११,
आज ६४ औं हलो क्रान्ति दिवस प्रजातन्त्रको उअदय हुनु अघि २००६ साल श्रावन आजैका दिन लम्जुङ्गको दुरा डाँडा हर्शल्यानिको बाटे गह्रामा बाहुन हरुले सामहिक रुपमा हलो जोतेका हुन ।
ब्राह्मणवाद तथा जातिय भेदभाव अन्त्यका लागि पण्डित द्वायनाथको अगुवाइमा सत्ताइस जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।
राडा शासनको बिरोधमा हलो जोतेको अभियोगमा तत्कालिन सरकारले सामुहिक हलो जोत्नेहरुला २००७ साल साउन ११ गत्ते पक्राउ गरि जेल चलान गरेको थियो ।
साथै हलो जोत्नेको नजोत्ने बाहुनहरुले नै बिरोध गरेका थिए । पहिलो पटक २००६ सालमा दुरा डाँडामा हलो जोतेपछी २००८ साल सम्ममा तनहुँ, कास्की, धादिङ्ग, अर्घाखाँची, गोर्खा र हलो जोत्ने काम सुरु भएको थियो ।