सिन्जोले पाए विजय I

टोकियो श्रावण ७ ,

प्रधानमन्त्री सिन्जो अबेले संसद्को माथिल्लो सदनका लागि भएको निर्वाचनमा आइतबार ठूलो विजय पाएको मतदानपछिको अभिमत सर्वेक्षणमा देखिएको छ । यसले त्यहाँको राजनीतिमा स्थिरताको संकेत देखिएको छ । यस अनुमानित विजयले संसद्का दुवै सदन सरकारको नियन्त्रणमा रहने देखिएको छ ।

यसको अभावमा यसअघिका सानो अवधिका अन्य छ प्रधानमन्त्रीले कानुन निर्माण गर्ने कार्यमा समस्या भोगेका थिए । यसले अबेको हात बलियो बनाउनेछ । जापानलाई दुई दशकसम्मको आर्थिक कमजोरीबाट जोगाउन संरचनागत सुधारका लागि यस्तो क्षमता प्रधानमन्त्रीलाई आवश्यक छ ।

अबेको लिबरल डेमोक्रयाटिक पार्टीका उपाध्यक्ष मासाहिको कोमुराले जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेलाई बहुसंख्यक मतदाताले निर्णय गर्न सक्ने र स्थायी राजनीति चाहेको बताए । एनएचकेले मतदानपछिको अभिमत सर्वेक्षणमा एलडीपी तथा उसका अन्य सहयोगी दल न्यु कोमेइतोले निर्वाचनमा गएका १ सय २१ स्थानमा कम्तीमा ७१ स्थान र बढीमा ८० स्थानसम्म प्राप्त गर्ने देखिएको छ । संसद्को माथिल्लो सभामा २ सय ४२ स्थान छन् ।

यी स्थानमा छ वर्षको कार्यकाल रहेको छ । निर्वाचन हरेक तीन वर्षमा आधा स्थानका लागि हुने गर्छ । डिसेम्बरमा संसद्को बढी शक्तिशाली तल्लो सभामा शक्तिमा आएपछि अबेले वित्तीय खर्चका अनेकौं कार्यक्रम अगाडि बढाएका छन् । उनले केन्द्रीय बैंकलाई बजारमा सरल मुद्रा प्रवाह गर्न दबाब दिएका छन् ।एएफपी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com