विजय थापा : नेपालबाट साहित्यिक भ्रमण अमेरिका आउनु भएका कबि तथा साहित्यकार तुलसी दिवसको सम्मानमा डिसी महानगर क्षेत्रमा तुलसी दिवस '' कवितामय साँझ '' कार्यक्रमको योजना गरियो । तुलसी दिवसका बौद्धिक विचार तथा वहाका कविता सुन्न कै लागि डिसी महानगर क्षेत्रका साहित्य अनुरागी ,कबि तथा समुदाय सदस्यहरुको उपस्थित रहेको थियो ।
तुलसी दिवसले भाषा र संस्कृति मानिसको श्रीजनशिलताबाट हुन्छ भन्दै श्रीजना भन्दा श्रस्टालाई बिशेस महत्व दिनु पर्ने हुन्छ भन्दै श्रस्टा ठुलो र सानो कहिले हुदैनन भन्नु भयो । वहाले अगाडी बिचार राख्दै संस्कृति परिवर्तनशील छ र हुनु पनि पर्छ भन्नु भयो । भानुभक्त र देवकोटाका जस्ता कविता लेखेर अब हुदैन ,कविता आफै भएर आउनु पर्छ र कवितामा नया सोच लिएर आउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको कुरा उल्लेख गर्नु भयो । वितामा ईमान्दारिता हुनु पर्छ भन्दै आफ्नो कविताको वकालत कविले आफै गर्नु पर्छ भन्नु हुदै श्रस्टा र श्रीजनामा पहिला श्रस्टाको कुरा उठाउदै आएको भन्नु भयो ।
जीवित अवस्थामा श्रस्टाको सम्मान हुनु पर्छ भन्ने बिचार राख्दै अमेरिकाको भ्रमण धेरै महत्पूर्ण रहेको भन्दै आयोजक ,सम्पूर्ण साहित्यकार ,कविहरु र सबै लाई कृतज्ञता ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय कविहरुको कविता वाचन कार्यक्रम तथा बिशेस अतिथिहरुको पनि मन्तब्य राखिएको थियो । कविता वाचन गर्नुहुने कवि तथा कवियत्रीहरुमा निरा शर्मा ,गोपाल रेग्मी ,नारायण अधिकारी ,सरला श्रेष्ठ ,प्रेम संग्रौला ,रजनी श्रेष्ठ ,रबिन्द्र श्रेष्ठ ,प्रकाश नेपाल ,हेमन्त श्रेष्ठ ,बासु श्रेष्ठ ,हेमन्त श्रेष्ठ तथा सुदिप भद्र खनाल हुनु हुन्थ्यो भने कबि तुलसी दिवसले झन्डै ४५ बर्ष पुरानो पांच वटा कविता सुनाउनु भएको थियो ।
कार्यक्रममा संयोगबस नेपालका ख्याती प्राप्त गायक तथा संगीतकार मधु क्षेत्री ,वरिस्ठ गायिका मीरा राणा तथा ए बि सी दूरदर्सन (टेली भिजन ) का शुभ शंकर कंडेलको उपस्थिति रहेको थियो भने नेपाल सरकारको तर्फबाट म्यारिल्याण्ड तथा पेनसेलभानियाका लागि अवैतनिक महा बाणिज्य दुत तथा लोक गायक प्रेम राजा महत पनि हुनु हुन्थ्यो । गायक मधु क्षेत्रीले आयोजकलाई धन्यबाद दिदै कार्यक्रममा उपस्थित हुन् पाएकोमा खुशी व्यक्त गर्दै फूलै फूल मात्र हैन रहेछ जीवन भन्ने गीत गाउनु भएको थियो भने ए बि सी दूरदर्सन (टेली भिजन ) का शुभ शंकर कंडेलले संचारकर्मी सधै हतारमा हुन्छौ र बिदेशमा बसेका सबैको आवाज ए बि सी टेली भिजन (दूरदर्सन )ले पुर्याउने छ भन्दै कविता पढेर नजानिने रहेनछ भन्दै कविता सुन्नु पर्ने रहेछ भन्नु भयो ।
नायक सरोज खनालले कविता लेख्दिन तर सुन्छु भन्नु भयो । महा बाणिज्य दुत प्रेम राजा महतले हर्ष लागेको कुरा उल्लेख गर्दै त्यही स्थानमा यहि जुलाई २८ तारिख मा हुने 'प्रेमी कला केन्द्र 'को उद्घाटनमा सबैलाई उपस्थित हुन् आग्रह गर्नु भयो । कार्यक्रमको संचालन कबि हेमन्त श्रेष्ठले गर्नु भएको थियो । ाशिंगटन डिसी क्षेत्र वरपर रहेका बिभिन्न संघ तथा संस्थाको सयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
=== Video.........
=== Video.........