फेशनमा केहि नयाँ I

काठमाण्डौ असार २३,

सुन्दरता र फेसन एकअर्काबाट अलग छैनन्। आकर्षक व्यक्तित्व प्राप्त गर्न मात्र सुन्दरता पर्याप्त छैन, फेसनसँगै अघि बढ्नु पनि आवश्यक छ। 

लेगिङ र कुर्ती : अहिले कलरफुल कुर्तीका साथमा टाइटफिटेड लेगिङ्सको ट्रेन्ड छ। सिम्पल र स्टाइलिस देखिने यो पोसाक हरेक उमेर र कुनै पनि प्रकारको शारीरिक संरचनाका लागि आरामदायक हुन्छ। साइज जे भए पनि, स्ट्रेचेबल हुनाले लेगिङ्स हरेकलाई फिट हुन्छ। जहाँसम्म नयाँ ट्रेन्डको कुरा छ, पहिले कुर्तीका साथमा म्याचिङ लेगिङको ट्रेन्ड थियो, तर आजभोलि कन्ट्रास्ट कलरको लेगिङ लोकपि्रय छ। यसैगरी अहिले पिन्क गि्रन, रेड आदि मल्टिकलर कुर्तीको साटो कन्ट्रास्ट कलरका कुर्तीहरूको चलन छ। यदि कुर्ती ब्राइट कलरको छ भने लेगिङ्स हल्का रंगको नै सुहाउँदिलो हुन्छ। यदि कुर्ती ब्ल्याक एन्ड ह्वाइट छ भने कुनै संकोचबिना एलो लेगिङ्स लगाउन सकिन्छ। लुज कर्तीका साथमा टाइट लेगिङ्स फेसन स्टेटमेन्ट बन्न पुगेको छ।

टप्स : आजभोलि फ्लेयर्ड टप र सर्ट टप ट्रेन्डमा पाइन्छ। यिनका साथमा बलून टपको ट्रेन्ड पनि देख्न पाइन्छ। मोटो वा पातलो दुवै शरीरमा सुहाउने टप आरामदायक र स्मार्ट हुन्छ। टमी बाहिरतिर छ भने पनि बलून टपबाट त्यसलाई लुकाएर स्वयंलाई स्लिम एवं स्मार्ट देखाउन सकिन्छ।

ज्याकेट र श्रग : आजभोलि ज्याकेट र श्रग पनि चलनमा छ। यसले स्मार्ट र एनर्जेटिक लुक प्रदान गर्छ। फुल स्लीभ श्रगले जहाँ घाममा हातको सुन्दरता नष्ट हुनबाट जोगाउँछ त्यहीँ हल्का जाडोमा यसले न्यानोपनको अनुभूति प्रदान गर्छ। डेनिम, कटन र होजरीमा उपलब्ध फरक-फरक खालका श्रग विभन्नि कलरमा उपलब्ध छन्।

वेस्ट कोट : होजरी स्टफमा पाइने वेस्ट कोट पनि आजभोलि लोकपि्रय छन्। यदि कुर्ता ग्रीन छ भने वेस्ट कोट कन्ट्रास्ट कलरको हुनुपर्छ। चन्देरी सिल्क र जुट सिल्कको वेस्ट कोट पनि फेसनमा छ।

सलवार/चुँडीदार : सलवारमा आजभोलि अम्ब्रेला कटिङ ट्रेन्डमा छ। यसबाट सलवारलाई पनि पार्टी लुक प्राप्त हुन्छ। यसलाई ब्रोकेड लेस, बिडिङ आदिले सजाएर फेसनेबल लुक प्राप्त गर्न सकिन्छ। धोती सलवार र पि्रन्टेड पटियाला सलबार पनि फेसनमा छ। लेसबाट स्टाइल बढाउने कुरा ट्रेन्डमा देखिन्छ। चुँडीदार होस् वा साडी किनारमा लेस लगाएर रिच लुक दिने ट्रेन्डमा छ। ब्रोकेड लेसबाहेक लिस्क र उलन वर्कयुक्त लेस पनि चलनमा पाइन्छ। बोर्डमार बिड्स वर्क अटेच गरी यसमा नयाँपन दिन सकिन्छ। क्रेम मटेरियलमा नेट्फ्लेयर्ड चुडीदार पनि लोकपि्रय छ।

अनारकली सुट : युवतीहरूको मनमा सप्तरंगी सपना सजाउने सुन्दर पहिरन हो— अनारकली चुडीदार सुट। फेसन जगतमा कैयन् वर्षदेखि राज गर्दै आएको अनारकली कुटको क्रेज आज पनि कायमै छ। यसमा ग्रीन, पिन्क, रोज, मजेन्टा, स्काइ ब्लू आदि रंग लोकपि्रय छन्।

कुर्ती : कुतीहरू अलग-अलग रंग तथा फ्याबि्रकमा उपलब्ध छन्। यसलाई चुडीदेखिदेखि डेनिम र स्कर्टसम्म प्रयोग गर्न सकिन्छ। जर्जेट, प्लेन, कटन, क्रेप फ्याबि्रकका सिम्पल वा फ्लोरल पि्रन्टेडदेखि सिक्वेन्स वर्क, रिच मोटिफ, कलरफुल इम्ब्रोइडरी, बिड्स वर्क तथा लेसेजबाट सजिएका कुर्तीहरू खुबै मन पराइएको छ।

साडी : आजभोलि सिफन क्रेप मटेरियल साडीको फेसन लोकपि्रय छ। यसमा पनि ज्योमेटि्रकल कलरफुल साडी बढी रुचाइएको पाइन्छ। साडीमा डिजाइन कम भए पनि ब्लाउजमा हेभी वर्कको ट्रेन्ड छ। साडीको कलरबाट कन्ट्रास्ट कलर ब्लाउज पनि लेटेस्ट फेसन हो। कोटा मटेरियलमा सिल्क डिजाइनका ब्लाउज लेटेस्ट फेसनमा छन्। यिनमा फ्लोरल, कलासिक र मेंगो पि्रन्ट समावेश छ। प्री-स्टिच्ड साडी पनि फेसनमा देख्न सकिन्छ। यिनमा प्लेट्स आदि पहिल्यै हुन्छ। 

जिन्स : लेटेस्ट फेसन ट्रेन्डमा जिन्सका साथमा कुर्तीले फेसनेबलका साथै स्मार्ट लुक प्रदान गर्छ। यसमाथि मल्टिकलर्ड स्टोल क्यारी गर्नु उपयुक्त हुन्छ। स्टोल पनि फरक-फरक प्याटर्न र डिजाइनमा उपलब्ध छन्।

कलर : आजभोलि ब्राइट कलर ट्रेन्डमा रहे्को पाइन्छ। निओन कलर्स पनि लोकपि्रय देखिन्छ। त्यसो त समर सिजनमा कुल र पेस्टल सेड्स नै रुचाइन्छ। डेलिगेट पेस्टल्स र बोल्ड नियोनका बीच ब्राइट र ह्याप्पी सेड्स जस्तै लेमन, येलो, कोबाल्ट ब्ल, फ्युसिया पिन्क र एम्राल्ड ग्रीन प्रयोग गर्न सकिन्छ। पर्पल र ह्वाइट पनि मौसम अनुरुप ट्रेन्डमा रहेको पाइन्छ।

डिजाइन र प्याटर्न : आजभोलि माथिबाट टाइट र तलबाट लुज फिटिङ पहिरनको ट्रेन्ड बढी देखिन्छ। एब्स्ट्रेक्ट डिजाइन फेसनमा छ। मोनोक्रोम पनि फेसनमा छ। ब्ल्याक र ह्वाइट प्ल्ेन, स्ट्राप्स वा ज्योमेटि्रकल प्याटर्नयुक्त तथा जम्बो चेक भएका पहिरन स्टाइलिस देखिनुका साथै स्मार्ट लुक प्रदान गर्ने खालका हुन्छन्। यसबाहेक लङ्गर लेन्थ भएका पहिरन पुनः फेसनमा फर्किएका छन्। नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com