सोलुखुम्बु साउन १,
चौंरीखर्क–९ फाक्दिङस्थित यति माउन्टेन रिसोर्टमा आज भएको आगलागीमा रु साँढे तीन करोड बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ। आज बिहान करिब साढे ८ बजेबाट सुरु भएको आगलागीमा परी रिसोर्ट सञ्चालन भएको घर र त्यहाँभित्र भएको अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरी नायब निरीक्षक कृष्ण बस्नेतले जानकारी दिए।
Laptop Bag with every nagarik आगलागी दिउँसो करिब साढे १ बजे नियन्त्रणमा लिइएको थियो। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय चौंरीखर्कबाट प्रहरी घटनास्थलमा पुगिसकेको छ। सगरमाथा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।
घर मालिक सोनाम शेर्पा काठमाडौं रहेकले उनी आएपछि मात्र आगलागीबाट भएको क्षतिको यकिन जानकारी थाहा हुने प्रहरी नायब निरीक्षक बस्नेतले बताए। खाना पकाउँदा लागेको आगो ग्यासमा सल्किएपछि विष्फोटसँगै भएको आगलागी नियन्त्रण बाहिर गएको थियो। - रासस :