तुइन बाट नदि तर्नु पर्दा हरेक दिन जोखिम जाँजारकोटेलाइ I

काठमाण्डौ साउन २,

सरकारले यसै आर्थिक बर्ष भित्र देशभरी तुइन हटाउने घोषणा गरे पनि जाँजारकोटको डांडा गाउँ र रुकुमको जिल्लाका  स्थानमा स्थानिय वासिन्दाहरु तुइन बाट नै  भेरी नदि तर्न बाध्य छन्  । 

भेरी नदीमा पूल नहुँदा स्थानिय वासिन्दाहरु जोखिम मोलेर यात्रा गर्नु परिरहेको छ । पायक पर्ने स्थानमा पूल नहुँदा तुइन तर्कुको विकल्प नभएको स्थानिय वासिन्दा बताउछन । तुइन बाट नदि तर्दा बर्शौनी कैयौंको मान्छे  ज्यान जाने गरेको छ । उक्त स्थान का स्थानिय वासिन्दाले बर्षौ देखि पूल बनाइदिन माग गरे पनि सम्बन्धित निकाय बाट सुनुवाई नभएको स्थानिय वासिन्दाहरुको गुनासो छ । 

बिद्यार्थी हरु बिद्यालय जाँदा आउँदा तुइन तर्नु पर्ने समस्याले अभिभाबकहरुलाई निकै चिन्तित बनाएको छ । गाउँका मानिस बिरामी हुँदा  तुइन बाट तार्नु पर्दा थप समस्या हुने गरेको छ ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com