नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई I

जोहरबारु श्रावन ६,

 साहित्यकार विश्वास दीप तिगेलालाई मलेशियाको जोहारमा बधाई तथा स्वागत गरियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको अध्यक्षमा तिगेला भर्खरै निर्वाचित भएका हुन् ।

जोहरबारु क्षेत्रमा रहेका स्रष्टासर्जक तथा राजनैतिक प्रतिनिधीहरुको उपस्थितीमा पूर्ण तुम्बापोले खदा र टोपी लगाई दिएर अध्यक्ष तिगेलालाई स्वागत गरेका थिए ।

अतिथि तिगेलाले बर्तमान नेपालको साहित्य सम्बन्धमा बोल्दै राजनैतिक चेतना भएमा सन्देशमुलक सिर्जना गर्न सकिने बताउनु भयो । साहित्यकार राज सहयात्रीको संचालन रहेको उक्त कार्यक्रमको सभापतित्व जय केरुङले गर्नुभएको थियो ।


साहित्यकार तिगेलालाई सिंगापुरमा स्वागत :

सिंगापुर, १६ जुलाई २०१३, साहित्यकार विश्वास दीप तिगेलालाई सिंगापुरमा एक भब्य कार्यक्रमको आयोजना गरि स्वागत गरियो ।

सगरमाथा रेष्टुरेष्टमा आयोजित भेटघाट कार्यक्रममा सिंगापुरवासीहरुको गतिविधिहरुको बारेमा इन्पेक्टर रुद्र लिम्बुले जानकारी गराउनु हुदै तिगेलालाई स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा रामजी चाम्लिङ, अन्जना राई, केदार राई, आले माइला, टंक लिम्बु लगायतले आआफ्नो सिर्जना बाचन गरि साहित्यिक साझलाई रोचक बनाएका थिए ।

अतिथि तिगेलाले वर्तमान नेपाली साहित्यको स्थितीको बारेमा सबैलाई जानकारी गराउनु भएको थियो । साथै सिंगापुरमा पनि संस्थागत रुपबाटै नेपाली साहित्यिक गतिविधि बढाउन आग्रह गर्नुभयो । झण्डै २ दर्जन स्रष्टा तथा शुभचिन्तकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा भर्खरै प्रकाशित गोर्खा भर्ति बन्द र राष्ट्रिय सरोकार नामक पुस्तकको बारेमा पनि लामो चर्चा भयो ।

गीतकार तथा समाजसेवी राम प्रसाद राईको संयोजनमा आयोजित उक्त कार्यक्रम मध्येरातमा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com