विद्रोहीसँग मिली कारागार आक्रमण गर्ने याजना बनाएको आरोपमा मुर्सि पक्राउ I

कायरो श्रावण १२ ,

इजिप्टको सरकारले अपदस्थ राष्ट्रपति मुहम्मद मुर्सीलाई सन् २०११ को आन्दोलनमा प्यालेस्टाइनी विद्रोही समूह हमाससँग मिलेर कारागार आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरेको छ ।

समर्थक र विरोधीको प्रदर्शन जारी रहेकै बेला उनीमाथि अधिकारीहरूले यो ताजा कथित आरोप लगाएका हुन् । मुर्सी समर्थक मुस्लिक ब्रदरहुडका एक प्रवक्ताले यो आरोपलाई हास्यापद बताएका छन् । अदालतद्वारा जारी आदेशमा उनलाई थप १५ दिन थुनामा राख्ने भनिएको छ ।एजेन्सी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com