असार १९ ,
अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको तालिबान आक्रमणमा चार नेपालीको ज्यान गएको भनिए पनि पुष्टि हुन सकेको छैन ।
काबुल प्रहरीले चार नेपाली परेको बताए पनि स्थानीय नेपाली कामदारले यो खबर गलत भएको बताए । अफगानिस्तान मामला हेर्ने इस्लामाबादस्थित राजदूत भरत पौड्यालले पनि आक्रमणमा कोही नेपाली मारिएको पुष्टि नभएको बताए ।