१७ वर्षपछि उपस्वास्थ्यचौकीको भवन उपस्वास्थ्यचौकीकै नाममा पास I

खोटाङ असार २६ ,

सुर्य तामाङ : वर्षपछि खोटाङको नेर्पास्थित उपस्वास्थ्यचौकीको भवन उपस्वास्थ्यचौकीकै नाममा पास गरिएको छ । १७ वर्षअघिदेखि व्यक्तीको नाममा रहेको भवन मंगलबार जिल्ला मालपोत कार्यालय खोटाङमार्फत उपस्वास्थ्यचौकीको नाममा पास गरिएको हो ।

गाबिसको अनुदानबाट २०५३ सालमा निर्माण गरिएको उपस्वास्थ्यचौकीको भवन हालसम्म नेर्पा–२ का जग्गादाता नीरबहादुर राईको नाममा रहेको थियो । जग्गादाता राई र स्वास्थ्य सुधार समितिको बिवादका कारण हालसम्म व्यक्तीको नाममा रहेको उपस्वास्थ्यचौकीको भवन बालसेवा समाज नेपालको पहलमा स्वास्थ्य संस्थाको नाममा सारि एको हो ।

सुशासनकालागि समाजद्धारा सञ्चालित समुदाय अंकपत्रमार्फत उपस्वास्थ्यचौकीको जग्गा र सो जग्गामा बनेको भवन व्यक्तीकै नाममा रहेको खुलासा भएपछि सो जग्गा र भवन उपस्वास्थ्यचौकीको नाममा सार्न पहल थालिएको थियो । लामो समयपछि उपस्वास्थ्यचौकीको नाममा जग्गा पास गरिदिनुहुने जग्गादाता राईलाई बालसेवा समाजले मंगलबार नै अभिनन्दन गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com