सुर्खेतस्थित काँक्रेविहारमा बुद्धको मूर्ति राख्न माग I

काठमाडौं श्रावण १५

सुर्खेतस्थित काँक्रेविहारमा बुद्धको मूर्ति राख्न पाउनुपर्ने माग राख्दै सरोकार भएकाहरुले आज बिहान सिंहदरबार वरिपरि धर्ना दिएका छन्। बुद्धजयन्तीका दिन राख्न लागिएको सो मूर्ति राख्न नदिइएपछि विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेकामा दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत आज यस क्षेत्रमा धर्ना दिइएको हो।

सोका कारण माइतीघर, हनुमानथान, भद्रकालीलगायत क्षेत्रमा सवारी आगमनसमेत अवरुद्ध भएको छ। Laptop Bag with every nagarik नेपाल आदिवासी जनजाति महासङ्घ, अखिल नेपाल भिक्षु महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाको उल्लेख्य सहभागिता रहेको सो धर्ना कार्यक्रम बिहान ११ बजेसम्म चलेको जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङले जानकारी दिए।

सरकारले विहारमा बुद्धको मूर्ति राख्न नदिनाको कारणसमेत स्पष्ट पार्न नसकेको भन्दै उनले विहार भनेकै बुद्धको थलो भएकाले विहारमा बुद्धको मूर्ति राख्न पाउनुपर्ने बताए । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले त्यस क्षेत्रको भ्रमण गरी बजेटसमेत दिन तयार रहेको स्थितिमा अहिलेको सरकारले मूर्तिसमेत राख्न नदिएकामा आपत्ति जनाउँदै अध्यक्ष गुरुङले दोस्रो चरणको आन्दोलनबाट पनि सरकारले हाम्रो कुरा नसुनेमा अर्को चरणमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए।  रासस : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com