चेलीबेटी बेचबिखन आरोपमा आफ्नो कार्यकर्ता प्रहरीले पक्रेको भन्दै माओवादी चक्काजाम I

असार १७,

चेलिबेटी बेचबिखन गरेको आरोप लागेका आफ्ना कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको विरोधमा एकीकृत नेकपा माओवादीले नुवाकोटमा चक्काजाम गरेको छ । बिहान ११ बजेदेखि १२ बजेसम्म गरिएको चक्काजामबाट सर्वसाधारण मर्कामा परेका थिए भने माओवादी कार्यकर्ताले समाचार संकलनमा गएका पत्रकारहरुमाथि दुब्र्यवहार गरेका थिए । 

हिमालय टिभीका नुवाकोट समाचारदाता जगदीश खनाल र रेडियो त्रिशुलीका समाचार प्रमुख रामहरि न्यौपानेलाई एमाओवादी कार्यकर्ताले लछारपछार गरेका थिए । एमाओवादीको समाचारलाई प्राथमिकता नदिएको भन्दै उनीहरु पत्रकारमाथि जाई लागेका थिए । नुवाकोटको सुन्दरादेवी गाविस वडा नम्बर ८ काउलेका एमाओवादी कार्यकर्ता वीवीलाल लामालाई गत साता प्रहरीले चेलिवेटी बेचविखन गरेको आरोपमा पक्राउ गरेको थियो । 

चेलिवेटी बेचविखनकै आरोप लागेका सोम्पर तामाङ भने फरार छन् । उनीहरुले गत वर्ष भदौ ५ गते सुन्दरदेवीकै एक युवतीलाई भारतमा लगेर बेचेको किटानी उजुरी युवतीका बुबाले दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com