ए एन ए सम्मेलनमा एड्मायर नेपालको समुद्घाटन हुने I

भर्जिनिया आषाढ १७,

विजय थापा : ३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )न्यु योर्क सम्मेलनको अवसरमा बिश्व कीर्तिमानी तथा संचार कर्मी रवि लामिछानेले एड्मायर नेपालको उद्घाटन गरिने भएको जानकारी ३१ औ ए एन ए सम्मेलन संचार संयोजक सुर्य थापाले जारी गरेको छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् 

उक्त छापा बिज्ञप्तिमा कीर्तिमानी रवि लामिछानेले आफुलाई सहयोग गर्ने सबैलाई प्रसंशा गर्दै र आफुले किर्तिमान कायम गर्न सकेकोमा गौरवान्वित भएको जनाईएको छ  बिश्वले चिन्ने छ नेपाल 'भन्ने मूल नाराको साथ गरिएको अभियानले सार्थकता पाएकोमा लामिछानेले खुशी ब्यक्त गरेको उल्लेख गरेका छन् 

बुद्ध नेपालमा जन्मेका हुन र सगरमाथा नेपालमा पर्छ भन्दै अगाडी सारिएको अभियानलाई समर्थक र शुभ चिन्तकहरुले खेलेको अहम भूमिका कै कारण अन्तत्वगत्वा नेपाल र नेपालीको नाम ईतिहासको पानामा लेखाउन पाईएको हो भनेका छन  यहि अभियानलाई अझ प्रभावकारी बनाउनु पर्ने र सबैको व्यापक हौसलाको खाचो पर्ने भएकोले सल्लाह ,सुझाबको अपेक्षा गर्दै सम्मेलनमा सहभागिता हुन लामिछानेले अनुरोध गरेका छन् 

ए एन ए सम्मेलन संचार संयोजक थापाले थप जानकारी दिदै लेख्छन बिश्व कीर्तिमानी रवि लामिछानेले गिनिज पुस्तक (विश्व किर्तिमान )गरे पश्च्यात उनीले लिएको अभियानलाई सार्थकता बनाउने उदेश्य अनुरुप भाबी योजना तथा कार्यक्रम बारे सम्मेलनमा उद्घोष तथा जानकारी दिईने भएकोले उपस्थितिको लागि शुभ चिन्तक ,समर्थक तथा सबैलाई आग्रह गरेका छन् 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com