रसिया डाक्टर पढन गएका बिवेक को त्यही नर्स पढ्दै गरेकी रमा संग हस्पिटल मा भेटघाट हुदै जाँदा दिनानु दिन उनीहरु एक आपसमा नजिक हुदै जान्छन । ..,रमा हेर्दा पनि अति नै राम्री भएकीले बिवेकले उ संग विवाह गरि जीवन साथि नै बनाउन पुग्छ ।
संगै उनीहरु पढने र कमाउने गर्दा नेपालमा उसले आफ्नो सपनाको घर बनाउछे र नेपाल दुवै आएर त्यो घरमा गृह प्रवेश गर्ने योजना बनाएर घरमा आउछन ।
नयाँ दुलही बिदेशमा नै बिबाह गरेको हुदा घर परिवारकाले हासी खुशी उनीहरुको स्वागत गर्दै ठुलो पाटी दिन्छन । धेरै परिवारकी माइली बुहारी भए पनि उ हँसिली मिजासिली छे !
भर्खरै विवाह गरेर घरमा भित्रिएकी नयाँ बुहारी रमा ले आफ्नो सासु आमालाई निर गएर सुरिलो बोलीले सोध्छे ....। मुवा आउने एक महिनामा नयाँ घरमा सर्ने सोच छ ,त्यो समय हजुरलाई उत्तम हुन्छ नि हैन ?
सासु आमा...अच्चम मान्दै ...ओहो बुहारी तिमीलाई यति पनि थाहा छैन ..अब आउने एक हप्ता पछी सोह्र सराद्ध लाग्दैछ ..त्यो बेला मात्र पितृको कार्य हुन्छ । नयाँ घरमा गृह प्रवेश गर्न अशुभ हुन्छ नि ।
रमाले अचम्म मान्दै भन्छे, किन र मुवा ? हे भगवान ! रमा त्यो बेला पितृको श्राद्ध मात्र हुन्छ । त्यसैले कसरी शुभ कार्य गर्नु ? तिमीहरु बेदेशामा बसेर धेरै अंग्रेजी भाषा पढ लेख गरेर होला आफ्नो भाषा ,संस्कृति ,परम्परा पनि बिर्सीदै जादैछौ । यसरी रितिरिवाज भुल्दै गयौ भने आउने पिडिको के होला हालत हुन्छ ।
यस्ता सासु आमाको कुरा सुनेर आफ्नुले फिक्स टाइम मिलाएर आएकी बुहारी रमा को अनुहारमा निराशाको बादल छायो ,अनि मन खिन्न गर्दै पानी बाट निकालेको माछा झैँ छटपट गर्दै रात भरि नसुतेर बुडा बिवेकलाई अंगालो मार्दै गएर बसि...बिवेकले डन्टवरी रमा ...। अहिले सुत आमालाई म सम्झाउछु ...।
भोलि पल्ट बिहान उसलाई झट् याद आयो ओहो जेठानी दिदी सुत्केरो हुने समय पनि अहिले नै हो हिजो चेक गराउन हस्पिटल जाँदा सोहि महिना बिष बाइस तिर बच्चा जन्मने टाइम दिएको छ डाक्टरले ।
रमा मुसु मुसु हास्दै जेठानी निर गएर नजिकै बस्छे ,..। हैन रमा तिमी आज निक्कै खुशी देख्छु ,....।
रमा ले भन्छे ,बिना दिदी आमाले भन्नु भएको छ यो आउने महिना नयाँ गृह प्रवेश जस्ता कुनै पनि शुभकार्य गर्नु ठिक हैन रे । सोर्ह सराद्धमा पितृको कार्य मात्र गरिन्छ रे त्यसैले दिदी हजुरको ठिक नवमी तिथिका दिन सुत्केरो हुने समय भएको देखेर यस्तो शुभकार्य नयाँ बच्चाको प्रवेश अशुभ दिनमा परेकोले हजुरले पनि बच्चालाई जन्म दिन अशुभ हुने हो कि ?
निशा खनाल अर्याल
हाल : इजरायल