मुक्तक : By, मान थापा 'बुलन्द' I


 १
अज्ञानतालाई हटाएर बनी देउन ज्ञानी
सानो तिनो कुरामा नि रिसाउने बानी
कामको थकान लिदै फर्किदा म घर
मुस्कान छर्दै स्वागत गरे है त सानी


रिस रागले मनलाई पुर्याउछ हानी
फेरी किन जिद्दी गर्छेउ जानी जानी
मिठो बोली पाए पुग्छ मलाई प्यारी
छदैछ नि आत्मभरी मम्ताको खानि

मान थापा 'बुलन्द'
बाग्लुङ गलकोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com