शासन फेरिए गरीबको छाना फेरिन्थ्यो कि
पेटभरी खाना तिनिलाई माना फेरिन्थ्यो कि
चाड पर्व हिउद बर्षा सधैं एक नाश तिन्लाई
लाज छोप्न शरीर धाक्ने नाना फेरिन्थ्यो कि
उस्तै रहे जिन्दगीका कथा ब्यथा काहानी
नयाँ समाचार छापिने पाना फेरिन्थ्यो कि
गरीबिको पिडाले बगेका छन अस्रुधारा
सरकार बद्ले आसुका दाना फेरिन्थ्यो कि
नौलो क्रान्ती आउछ बिकास हुन्छ भन्ने ति
धोके वाज नेताको त्यो बाहाना फेरिन्थ्यो कि
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल